काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजावादीहरू जनविरोधी भएका बताएका छन् । लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुने गतिविधिसँग सिङ्गो पार्टी एक ढिक्का भएर जुध्नुपर्नेमा उनले जोड दिए ।
जेठ १५ गते आयोजना गर्ने जनप्रदर्शनको तयारीका लागि जनसंगठन पदाधिकारीको बैठकमा उनले भने, ‘लोकतान्त्रिक गणतन्त्रका विरुद्धमा हुने सबै गतिविधिहरू जनताको सम्प्रभुताका विरुद्धका अर्थात् जनताका विरुद्धका गतिविधिहरू हुन् भन्ने कुरामा आम जनतालाई सचेत र जागरूक बनाउने अभियानमा सिङ्गो पार्टी पंक्ति क्रियाशील हुनु पर्दछ ।’
गणतन्त्र दिवस जनताको उत्सवको दिन भएकोले पार्टीले विशेष उत्सवको रूपमा मनाउन लागेको उनको प्रष्टोक्ति छ । पार्टी सचिवालयको ५२ औँ बैठकले जेठ १५ गतेको गणतन्त्र दिवसलाई देशभर उत्सवका रूपमा मनाउने निर्णय गरेको छ ।
काठमाडौं उपत्यकाको हकमा उपत्यकाका पार्टी कमिटी र पार्टी सम्बद्ध सङ्गठनहरूको आयोजनामा सांस्कृतिक झाँकीसहित विशेष कार्यक्रम आयोजना गर्ने निर्णय एमालेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ जेठ २०८२, ११ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समस्या राजनीतिक अस्थिरतामा र सामाजिक अराजकतामा छ : महासचिव पोखरेल
सिंहदरबार जलाउन उक्साउने को हो ? : शंकर पोखरेल
अमेरिकाले भेनेजुएलाका राष्ट्रपतिलाई नियन्त्रणमा लिनु आपत्तिजनक : शंकर पोखरेल
राजनीतिमा नयाँ र पुराना हैन, एजेण्डाको अर्थ हुन्छ : महासचिव पोखरेल
नेतृत्वका लागि प्रतिस्पर्धा हुनु लोकतन्त्रको असल अभ्यास: शंकर पोखरेल
आज भोट हाल्न आउनेलाई खाजा र खानाको व्यवस्था हुन्छ : शंकर पोखरेल