काठमाडौ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले लोकतान्त्रिक गणतन्त्र विरोधीहरू जनविरोधीसमेत भएका टिप्पणी गरेका छन् । लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुने गतिविधिहरू जनता विरुद्धका गतिविधि भएको उनले बताए ।
जनविरोधी गतिविधिविरुद्ध सिङ्गो पार्टी एक ढिक्का भएर लाग्नु पर्ने उनको भनाइ छ । ‘लोकतान्त्रिक गणतन्त्रविरुद्धमा हुने सबै गतिविधिहरू जनताको सम्प्रभुता विरुद्धका अर्थात् जनता विरुद्धका गतिविधिहरू हुन् भन्ने कुरामा आम जनतालाई सचेत र जागरूक बनाउने अभियानमा सिङ्गो पार्टी पंक्ति क्रियाशील हुनु पर्दछ’, पोखरेलले भने ।
गणतन्त्र दिवस जनताको उत्सवको दिन भएकोले पार्टीले विशेष रूपमा मनाउन लागेको उनले बताए । पार्टी सचिवालयको ५२औँ बैठकले जेठ १५ गतेको गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउने निर्णय गरेको उनले जानकारी दिए ।
गणतन्त्र दिवसलाई विविध कार्यक्रमको आयोजनागरी उत्सवको रूपमा मनाउन आमजनसमुदायलाई एमालेले आह्वान गरेको छ । जिल्ला कमिटीको संयोजन र पालिका कमिटीको आयोजनामा पालिका स्तरमा देशभरी गणतन्त्र दिवस मनाउने निर्णय एमालेले गरेको छ ।
काठमाडौं उपत्यकाको हकमा उपत्यकाका पार्टी कमिटी र पार्टी सम्बद्ध सङ्गठनहरूको आयोजनामा सांस्कृतिक झाँकीसहित विशेष कार्यक्रम आयोजना गर्ने निर्णय एमालेको छ ।
प्रदेश कमिटी र जिल्ला कमिटीहरूले विभिन्न संघसंस्थालाई गणतन्त्र दिवस उत्सवका रूपमा मनाउन विविध प्रकारका रचनात्मक कार्यक्रम आयोजना गर्न प्रेरित गर्ने पोखरेलले जानकारी दिए ।
आवश्यकताअनुसार उपत्यकाको हकमा केन्द्रीय कार्यालय र उपत्यका बाहिर प्रदेश र जिल्लाले नेतृत्वलाई परिचालन गर्ने पनि उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ जेठ २०८२, १० : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टीका घोषित नीतिविपरीत कित्ताकाट क्षम्य हुँदैन: शंकर पोखरेल
संवैधानिक नियुक्ति सदर पछि शंकर पोखरेलको प्रतिक्रिया- अब काममा तीव्रताको अपेक्षा गरौं
अहिले नेतृत्वको बहस पूर्णतः रोक्न शंकर पोखरेलको निर्देशन
बजेटले नयाँ पुस्तालाई स्वरोजगार र उत्पादनसँग जोड्छ: शंकर पोखरेल
११ दिने बेलायत र कतारको भ्रमण सकेर स्वदेश फर्किए एमाले महासचिव शंकर पोखरेल
लोकतन्त्रमा जनता नै शक्तिका श्रोत हुन्, उनीहरूको हित नै राज्यको कर्तव्य हो : शंकर पोखरेल