काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार ८.५७ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से परिसूचक २६७९ अंकमा कायम भएको छ ।कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ९ अर्ब ८२ करोडको कारोबार भएकोमा आज ७ अर्ब ६० करोडमा सीमित भयो ।
९९ कम्पनीको मूल्य बढ्दा १४८ को घट्यो भने एउटाको स्थिर नै रह्यो । माइक्रोफाइनान्स सेक्टरमा भने लगानीकर्ताको आकर्षण देखिएको छ । आज सो सेक्टर २.३२ प्रतिशत बढ्यो । त्यस्तै व्यापार समूह ०.१३ प्रतिशत बढ्यो । यी दुईबाहेक सबै सेक्टर घटे ।
बैंकिङ ०.६६, विकास बैंक १.४६, फाइनान्स ०.९९, होटल तथा पर्यटन १.७५, हाइड्रोपावर ०.३६, लगानी १.०३, जीवन बीमा ०.३३, उत्पादन ०.०३, निर्जीवन बीमा ०.१०, अन्य ०.४५ प्रतिशत घटे ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ जेठ २०८२, १५ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार