काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार ८.५७ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से परिसूचक २६७९ अंकमा कायम भएको छ ।कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ९ अर्ब ८२ करोडको कारोबार भएकोमा आज ७ अर्ब ६० करोडमा सीमित भयो ।
९९ कम्पनीको मूल्य बढ्दा १४८ को घट्यो भने एउटाको स्थिर नै रह्यो । माइक्रोफाइनान्स सेक्टरमा भने लगानीकर्ताको आकर्षण देखिएको छ । आज सो सेक्टर २.३२ प्रतिशत बढ्यो । त्यस्तै व्यापार समूह ०.१३ प्रतिशत बढ्यो । यी दुईबाहेक सबै सेक्टर घटे ।
बैंकिङ ०.६६, विकास बैंक १.४६, फाइनान्स ०.९९, होटल तथा पर्यटन १.७५, हाइड्रोपावर ०.३६, लगानी १.०३, जीवन बीमा ०.३३, उत्पादन ०.०३, निर्जीवन बीमा ०.१०, अन्य ०.४५ प्रतिशत घटे ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ जेठ २०८२, १५ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२६ सय नाघ्यो सेयर बजार
सेयर बजारका सबै सूचक झरे
घट्यो सेयर बजार, नेप्से २६२२ अंकमा
नेप्से ३१ अंकले बढ्यो, ९ अर्बको कारोबार
२६०० अंकमा पुग्यो सेयर बजार
घट्यो सेयर बजार