तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-३ र ४ जोड्ने मादी नदी पुलबाट गए राति जिप खस्दा मृत्यु भएका तीन जनाको सनाखत भएको छ । मृत्यु हुनेमा व्यास-५ पाटन बस्ने अन्दाजी ३५ वर्षीय प्रविन थापा मगर, सोही ठाउँ बस्ने २२ वर्षीय कुमार थापा र २०र२२ वर्षीय कुशल थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए ।
दुर्घटनामा जिप चालक व्यास नगरपालिका-४ बस्ने २५ वर्षीय रोहित गुप्ता र वीरगञ्ज घर भई दमौली बस्ने २० वर्षीय धीरज रौनियार घाइते भएका छन् । घाइतेमध्ये धीरजलाई थप उपचारका लागि पोखरा पठाइएको छ । दुर्घटनाका घाइतेलाई नेपाल प्रहरी र नेपाली सेनाले उद्धार गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ जेठ २०८२, १० : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डोटीमा जिप दुर्घटना: एक जनाको मृत्यु, आठ घाइते
मकवानपुरको राक्सिराङमा जिप दुर्घटना, ९ जना घाइते
रोल्पामा जिप दुर्घटना, २ जना घाइते
ओखलढुङ्गामा जिप दुर्घटना, ३ जनाको मृत्यु
बैतडीमा जिप दुर्घटनाः दुईको मृत्युु चार घाइते
गुल्मीमा जिप दुर्घटना, १२ जना घाइते