मधेशमा दुई मन्त्री फेर्दै जनमत

सफल खबर संवाददाता

विहीबार, ०८ जेठ २०८२, १६ : १३
मधेशमा दुई मन्त्री फेर्दै जनमत

काठमाडौं । जनमत पार्टीले मधेश सरकारबाट दुई मन्त्री फिर्ता बोलाउने भएको छ । पार्टीले वनमन्त्री त्रिभुवन शाह र उद्योग मन्त्री सकिल अलि मियालाई फिर्ता बोलाउन लागेको हो । जनमतले उनीहरुको ठाउँमा बसन्त कुशवाहा र सञ्जयकुमार यादवलाई सरकारमा पठाउँदैछ ।

स्रोतका अनुसार मन्त्रीहरुको नाम टुंगिएको भएपनि साँझसम्ममा मन्त्रालय पनि टुंग्याउने तयारी छ । एक वर्षको कामको समीक्षा गरेर अर्को मन्त्रीलाई अवसर दिन लागेको बताइएको छ । यस अघि सिरहाबाट निर्वाचित संजय यादव कृषि राज्यमन्त्री र समानुपातिक सांसद कुशवाहा कृषिमन्त्री बनेका थिए । अहिले मन्त्री बन्ने अवसर पाउने लगभग निश्चित भइसकेको जनमतका एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस