काठमाडौं । जनमत पार्टीले मधेश सरकारबाट दुई मन्त्री फिर्ता बोलाउने भएको छ । पार्टीले वनमन्त्री त्रिभुवन शाह र उद्योग मन्त्री सकिल अलि मियालाई फिर्ता बोलाउन लागेको हो । जनमतले उनीहरुको ठाउँमा बसन्त कुशवाहा र सञ्जयकुमार यादवलाई सरकारमा पठाउँदैछ ।
स्रोतका अनुसार मन्त्रीहरुको नाम टुंगिएको भएपनि साँझसम्ममा मन्त्रालय पनि टुंग्याउने तयारी छ । एक वर्षको कामको समीक्षा गरेर अर्को मन्त्रीलाई अवसर दिन लागेको बताइएको छ । यस अघि सिरहाबाट निर्वाचित संजय यादव कृषि राज्यमन्त्री र समानुपातिक सांसद कुशवाहा कृषिमन्त्री बनेका थिए । अहिले मन्त्री बन्ने अवसर पाउने लगभग निश्चित भइसकेको जनमतका एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ जेठ २०८२, १६ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनमत पार्टीद्वारा प्रधानमन्त्रीसमक्ष ११ बुँदे मागपत्र पेश, संघीय संरचना र समावेशितामा जोड
विभिन्न संरचनागत मागसहित जनमत पार्टीको प्रदर्शन
मधेश प्रदेश सरकारबाट जनमत पार्टी अलग
जनमत पार्टीको महाधिवेशन असोजमा हुने
जसपा नेता वीरेन्द्र महतो जनमत पार्टी प्रवेश, सिरहा–४ बाट चुनाव लड्ने
जनमत पार्टीका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरीले दिए राजीनामा