१७ वर्षपछि टोटनह्यामले जित्यो युरोपा लिगको उपाधि

सफल खबर संवाददाता

विहीबार, ०८ जेठ २०८२, ११ : २०
१७ वर्षपछि टोटनह्यामले जित्यो युरोपा लिगको उपाधि

काठमाडौं । टोटनह्याम हट्सपरले १७ वर्षपछि युरोपा लिगको उपाधि जितेको छ । फाइनलमा म्यानचेस्टर युनाइटेडलाई १-० गोलले पराजित गर्दै टोटनह्यामले उपाधि कब्जा गरेको हो । म्यानचेस्टरलाई हराउन ब्रेनन जोनसनले गोल गरेका हुन् । योसँगै उनी २०१० मा फुलह्यामका साइमन डेभिसपछि युरोपा लिगको फाइनलमा गोल गर्ने पहिलो वेल्श खेलाडी पनि बनेका छन् ।

जितसँगै टोटेनह्यामले अर्को सिजनको च्याम्पियन्स लिगको लागि छनोट पनि भएको छ । टोटनह्यामले लगभग १०० मिलियन पाउण्ड (करिब २०८ मिलियन अमेरिकी डलर) बराबरको आर्थिक लाभ पनि प्राप्त गरेको छ।

 

प्रतिक्रिया दिनुहोस