काठमाडौँ । सेयर बजार आज बढेको छ । लगातार ६ दिनसम्म घटेपछि सोमबार बजार परिसूचक २२.९९ अंकले बढेको हो । योसँगै बजार परिसूचक २६३२.०९ अंकमा पुगेको छ । आज बजारमा ७ अर्ब ३५ करोड रुपैयाँ बराबरको कारोबार भयो ।
अघिल्लो दिन बजारमा आज १८५ कम्पनीको मूल्य बढेको छ । ६० कम्पनीको मूल्य घट्दा २ कम्पनीको मूल्य स्थिर रहेको छ । आज समग्र बजार भन्दा ठूला कम्पनीको कारोबार सूचक सेन्सेटिभ इन्डेक्स धेरैले बढेको छ । समूहगत सूचकतर्फ होटल तथा टुरिजम समूह १.०१ प्रतिशत घट्नुबाहेक अरु सबै सूचक बढेका छन् । आव विकास बैंक समूह सर्वाधिक २.०१ प्रतिशतले बढेको छ भने बैंकिङ, हाइड्रोपावर, निर्जीवन बीमा र ट्रेडिङ समूह पनि १ प्रतिशत भन्दा धेरैले बढेको छ ।
आज बजारमा पाँचवटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । ती कम्पनीहरुमा सप्तकोशी डेभलपमेन्ट बैंक, ओम मेगा फर्मास्युटिकल्स, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक र तेह्रथुम पावर कम्पनी रहेका छन् । आज विन नेपाल लघुवित्तको मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ जेठ २०८२, १५ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजार उच्चतम अंकमा, ९ अर्ब ६८ करोडको कारोबार
नेप्से परिसूचक २७०० माथि, कारोबार रकम ७ अर्ब ४५ करोड
नेप्से परिसूचक झिनो अंकले घट्यो
घट्यो सेयर बजार
बढ्यो सेयर बजार, ९ अर्ब ५० करोडको कारोबार
सेयर बजारले नाघ्यो २७ सय विन्दु