काठमाडौं । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, सहायक निर्देशक रमेश पोख्रेलसहित पाँच जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार ती व्यक्तिहरूले आपसी मिलोमतोमा सूचना प्रविधिसम्बन्धी सेवा खरिद र कार्यान्वयन प्रक्रियामा कानुनी मापदण्ड उल्लंघन गर्दै केही निजी कम्पनीहरूलाई अनुचित लाभ पुर्याएका थिए। सोही क्रममा राज्यलाई आर्थिक हानि पुर्याएको ठहर गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कारबाहीको मागसहित मुद्दा दायर गरिएको हो।
आयोगले मुद्दा दायर गर्दा संलग्न व्यक्तिहरूले वित्तीय अनुशासन मिचेको र प्रक्रियागत त्रुटिका नाममा सरकारी निकायलाई क्षति पुर्याएको प्रमाण फेला परेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ जेठ २०८२, १४ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर अधिकृतसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा
वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर, एक करोड त्रिचालीस लाख बिगो माग
घुससहित पक्राउ परेका खरिदारविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
गाउँपालिका अध्यक्षविरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्चमा पुनरावेदन
लेखा अधिकृतसहित तिन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
मेयर बस्नेत भ्रष्टाचार मुद्दामा दोषी ठहर