सुर्खेत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार बिहानै १० वर्षे सशस्त्र युद्धका क्रममा तत्कालीन विद्रोही माओवादी पक्षबाट हत्या गरिएको दैलेखका पत्रकार डेकेन्द्रराज थापाको घरमा पुगेका छन् ।
‘मध्यपहाडी राजमार्ग अभियान’ अन्तर्गत अछाम हुँदै आइतबार दैलेख पुगेका प्रचण्ड सदरमुकामको जनसभालाई सम्बोधन गरेर त्यहीँ बास बसेका थिए । सोमबार बिहानै सदरमुकामको काँडाचौरदेखि गढीसम्म मर्निङ वाकमा निस्किएका उनले सदरमुकाममा रहेको डेकेन्द्रराज थापाको सालिकमा फुलमाला माल्यार्पण गरे । लगत्तै उनी थापाको घरमै पुगे ।
थापाको घर प्रचण्ड बसेको होटेलभन्दा करिब ५ सय मिटरको दुरीमा थियो । प्रचण्ड घरमा पुगेपछि थापाका परिवारले खादामालाले सम्मान गरे । थापाका कान्छा भाइ यज्ञराजा थापाका अनुसार प्रचण्डले उक्त घटनाबारे पुनः आत्मालोचना गरे । ‘हामीबाट गल्ती भएको छ, त्यसका लागि आत्मालोचना पनि गरेका छौँ भन्नुभयो,’ थापाले भने, ‘हामीले उतिवेला देखिनै गल्ती भएको कुरा स्वीकार गर्दै आएको हो भनेर पनि भन्नुभयो ।’
साथै प्रचण्डले थापाको परिवारप्रति आफ्नो पार्टीको उच्च सम्मान रहेको कुरा पनि राखेका थिए । परिवारले पनि आफूहरूबाट भएको गल्तीलाई स्वीकार गरिदिन प्रचण्डले अनुरोध गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ जेठ २०८२, ११ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
६ महिनाभित्र महाधिवेशन गर्ने प्रचण्डको प्रस्ताव
थोरै सीट आए पनि हाम्रो मुद्दाले जित्योः प्रचण्ड
‘निर्वाचन परिणामभन्दा मुद्दाको जित महत्वपूर्ण’ : ‘प्रचण्ड’
ओली प्रकरणमा निष्पक्ष अनुसन्धान आवश्यक: प्रचण्ड
प्रचण्ड नेकपाकाे संसदीय दलको नेता चयन
गणतान्त्रिक प्रणालीमा प्राप्त परिणामलाई सकारात्मक रूपमा लिएको छु : प्रचण्ड