काठमाडौं । नेपाल टेलिकमको नाफा ४८.६ प्रतिशत घटेको छ । चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म ९ महिनाको अवधिमा टेलिकमले २ अर्ब ८४ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
गत वर्षको यसै अवधिमा यस्तो नाफा ५ अर्ब ५३ करोड ७५ लाख रुपैयाँ थियो । कम्पनीको आम्दानी नै घटेपछि नाफामा असर परेको हो । मुख्यतः ब्याजवापतको आम्दानीमा उच्च गिरावट आएको छ ।
ठूलो रकम निक्षेपमा लगानी गरेको टेलिकमको ब्याज आम्दानी ४६ प्रतिशत घटेको छ । पहिले ब्याजवापत ५ अर्ब १९ करोड रुपैयाँ आम्दानी गरेको कम्पनीले अहिले २ अर्ब ८० करोड ३५ लाख आम्दानी गरेको छ ।
ग्राहकबाट संकलन भएको आम्दानी भने सन्तुलित छ । पहिले यस्तो आम्दानी २५ अर्ब ४८ करोड रहेकोमा अहिले २५ अर्ब ३१ करोड रुपैयाँ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ जेठ २०८२, ०९ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल टेलिकमको आय र मुनाफा दुवै घट्यो
नेपाल टेलिकमको बिलिङमा समस्या
संविधान दिवसका अवसरमा नेपाल टेलिकमले यस्तो ल्यायो ‘अफर’
नेपाल टेलिकमको सीआरबीटी सेवा बन्द
नेपाल टेलिकमको प्रवक्तामा मानन्धर
निरन्तर घट्दो नाफाले सङ्कटोन्मुख टेलिकम सेवाप्रदायक