काठमाडौं । नेपाल टेलिकमको नाफा ४८.६ प्रतिशत घटेको छ । चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म ९ महिनाको अवधिमा टेलिकमले २ अर्ब ८४ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
गत वर्षको यसै अवधिमा यस्तो नाफा ५ अर्ब ५३ करोड ७५ लाख रुपैयाँ थियो । कम्पनीको आम्दानी नै घटेपछि नाफामा असर परेको हो । मुख्यतः ब्याजवापतको आम्दानीमा उच्च गिरावट आएको छ ।
ठूलो रकम निक्षेपमा लगानी गरेको टेलिकमको ब्याज आम्दानी ४६ प्रतिशत घटेको छ । पहिले ब्याजवापत ५ अर्ब १९ करोड रुपैयाँ आम्दानी गरेको कम्पनीले अहिले २ अर्ब ८० करोड ३५ लाख आम्दानी गरेको छ ।
ग्राहकबाट संकलन भएको आम्दानी भने सन्तुलित छ । पहिले यस्तो आम्दानी २५ अर्ब ४८ करोड रहेकोमा अहिले २५ अर्ब ३१ करोड रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ जेठ २०८२, ०९ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टेलिकमको ‘ग्रुप एसएमएस’ एकै पटक १० हजारसम्मलाई पठाउन सकिने
नेपाल टेलिकमको खुद मुनाफामा करिब १३ प्रतिशतको गिरावट
नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा डंगोल नियुक्त
नेपाल टेलिकमद्वारा ३० प्रतिशत लाभांशको घोषणा
नेपाल टेलिकमको आय र मुनाफा दुवै घट्यो
नेपाल टेलिकमको बिलिङमा समस्या