काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड परिमार्जनको तयारी गरेका छन् । हाल अस्तित्वमा रहेको स्वास्थ्य सञ्चालन मापदण्ड २०७७ र स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७० लाई परिमार्जन गर्नका लागि उनले समिति गठन गरेका छन् ।
मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. सरोज शर्माको संयोजकत्वमा गठित समितिमा मन्त्रालयका एघारौँ तहका सहसचिव डा. अनुप बास्तोला, वीर अस्पतालका प्रमुख नर्सिङ प्रशासक रोशनी लक्ष्मी तुईतुई, स्वास्थ्य समन्वय महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत डा. समीरकुमार अधिकारी, कानुन उपसचिव गोपीकृष्ण रेग्मीलगायत छन् ।
हालको मापदण्डले आँखा अस्पताल, नाक, कान र घाँटी अस्पताल तथा न्युक्लियर मेडिसिन लगायतका स्वास्थ्य संस्थाको मापदण्ड नसमेटेकाले त्यसलाई थप्ने तयारी मन्त्रालयको छ । स्वास्थ्य मन्त्री पौडेलले अस्पतालहरूको सेवा सुधारका लागि विभिन्न निर्णय गरेका छन् । मन्त्रालयले स्वास्थ्य संस्थाको सेवा सुधार तथा प्रभावकारिता ल्याउन तयार पारेका सबै विषयलाई समेटेर मापदण्ड परिमार्जन गर्ने गरी तयारी अघि बढाएको छ।
महामारीपछिको परिवर्तित अवस्थामा स्वास्थ्य सेवा प्रभावकारी बनाउन समेत अहिलेको मापदण्ड परिमार्जन जरुरी रहेकाले मन्त्रालयले प्रक्रिया अघि बढाएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ जेठ २०८२, १३ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मानव अङ्ग प्रत्यारोपण सम्बन्धी कानूनलाई खुकुलो बनाउन सकिँदैनः मन्त्री पौडेल
स्वास्थ्यकर्मी उपत्यका बाहिर जानै नमान्ने मन्त्री पौडेलको गुनासो
डेंगी परीक्षणको नाममा लुट्ने काम बन्द गर: स्वास्थ्य मन्त्री पौडेल
श्रमिकको स्वास्थ्य रक्षाको नेपाली मुद्दामा समर्थन जुटाउन स्वास्थ्य मन्त्री पौडेलको पहल
खेलबाट स्वास्थ्य जीवन, स्वच्छ समाजको प्रवर्द्धन हुन्छ : मन्त्री पौडेल
गम्भीर दीर्घरोगीको प्रशामक सेवाका लागि रणनीति स्वीकृत