ग्लोबल रिचको चितवन शाखामा अष्ट्रेलियाबाट सिआईटी, युटिएस इनसर्च र सिएसयुका प्रतिनिधिहरु आउने

सफल खबर संवाददाता

शुक्रबार, ३० कार्तिक २०७५, १५ : ४८
ग्लोबल रिचको चितवन शाखामा अष्ट्रेलियाबाट सिआईटी, युटिएस इनसर्च र सिएसयुका प्रतिनिधिहरु आउने

चितवन । ग्लोबल रिच नेपाल चितवन शाखाको अवलोकन गर्न तथा त्यहाँका विद्यार्थिहरुलाई परामर्श दिनका लागि अष्ट्रेलियाबाट सिआईटी, युटिएस इनसर्च र सिएसयुका प्रतिनिधि आउने भएका छन् ।

ग्लोबल रिच नेपाल चितवन शाखाका अनुसार मंसिर २ गते दिउसो २ बजे देखि ४ बजेसम्म सिआईटि, मंसिर ४ गते १ः३० बजे देखि ३ः३० बजेसम्म युटिएस इनसर्च र मंसिर ५ गते १२ बजे देखि १ बजेसम्म सिएसयुका प्रतिनिधिहरु ग्लोबल रिचको चितवन शाखामा रहने छन् ।  ती प्रतिनिधिहरुसँग ग्लोबल रिचका विद्यार्थिले अष्ट्रेलियाको बारेमा परामर्श लिन पाउने छन् ।  

अष्ट्रेलियामा उच्च शिक्षाका लागि जान चाहने बिद्यार्थीलाई परामर्श सेवा दिँदै आएको ग्लोबल रिचले हरेक बर्ष बिभिन्न कार्यक्रम गर्दै आएको छ । ग्लोबल रिचले नेपालका मूख्य शहर काठमाडौँ, पोखरा, बुटवल र चितवनबाट सेवा दिदै आईरहेको छ । 

प्रतिक्रिया दिनुहोस