काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘अन्तर–संसदीय सभामुख सम्मेलन’ (आइएससी)का सहभागीले आज भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा संसदीय कूटनीति एवं सहयोगमार्फत शान्ति र साझा समृद्धिलाई अगाडि बढाउन अनुभव आदानप्रदान गरिएको थियो । सो अवसरमा प्रधानमन्त्री ओलीले साझा लक्ष्यका लागि अन्तरराष्ट्रिय मञ्चहरूमा (आइएससी)सँग मिलेर काम गर्न नेपाल सरकार तत्पर रहेको बताए।
भेटमा मलेसियाली सांसदहरू दातुक विरा, डा मोहम्मद हट्टा बिन एमडी रामली, रोड्जिया बिन्ती इस्माइल र सांसद दातुक ल्यारी सङ वेइ शियनका साथै जापानका (आइएससी)का सल्लाहकार मासाइची होरीलगायत अन्य सहभागी थिए ।
यसैगरी, नेपाली प्रतिनिधिका रुपमा (आइएससी) का नवनियुक्त महासचिव एकनाथ ढकाल, नेपाल कम्युनिष्ट पार्टी एमालेका सचेतक सुनिता बराल र प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० बैशाख २०८२, १३ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अब कुनै आमाको काख नरित्तियोस् : प्रधानमन्त्री कार्की
प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण
काठमाडौं-तराईं द्रुतमार्ग निरीक्षणमा प्रधानमन्त्री कार्की
फागुन २१ को निर्वाचन शान्तिपूर्ण र निष्पक्ष हुन्छ: प्रधानमन्त्री कार्की
मुलुकबाट अन्योल र अनिश्चितताको अन्त्य भयो, निर्वाचनमा ढुक्कसँग सहभागी हुनुस् : प्रधानमन्त्री
प्रधानमन्त्रीद्वारा मकर सङ्क्रान्तिको शुभकामना