काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले सरकारको परराष्ट्र र श्रम मन्त्रालयले पछिल्लो समय कुनै काम नगरेको बताएका छन् । आइतबार प्रतिनिधि सभामा बोल्दै उनले नेपाली युवाहरू विदेशमा बन्धक हुँदा पनि मन्त्रालय मौन बसेको भन्दै यस्तो बताएका हुन् ।
‘हामी नेपाली नपुगेको कुनै देशका सहर छैन, झण्डै ८० लाख युवाहरू अर्काको देशमा काम गर्न बाध्य छन् । श्रम, परराष्ट्र मन्त्रालय मौन भएर बसेका छन् । नेपालीहरू बन्धक हुँदा पनि श्रम मन्त्रालयले काम गरेको छैन,’ उनले भने । उनले विदेशी भूमिको युद्धहरू नेपालीहरू पटक पटक मर्नुपर्दा पनि श्रम मन्त्रालय र परराष्ट्र मन्त्रालय मौन भएको बताए ।
उनले भने, ‘पछिल्लो पटक भारत र पाकिस्तानको युद्धमा पनि नेपाली नै मरे, रुस र युक्रेनको युद्ध भयो । नेपाली नै मरे । प्यालेस्टाइन र इजरायलको युद्धमा पनि नेपाली नै मरे । यो कस्तो गरिबी हो यो कस्तो बेरोजगारी हो । सरकार मौन छ ।’
उनले विदेशमा बसेकाहरूले पठाएको रेमिट्यान्सले नै सांसदहरू, प्रधानमन्त्री, मन्त्री, कर्मचारीहरूले तलब पाएको भन्दै नुनको सोझो गर्नुपर्ने बताए । ‘आज हामी सांसदहरु, प्रधानमन्त्री, मन्त्री, कर्मचारी सबैको तलब विदेशमा बसेकाहरूले पठाएको रेमिट्यान्सबाट प्राप्त भएको छ । हामीले नुनको सोझो गर्नुपर्छ नि पर्दैन र । यहाँ श्रम र परराष्ट्र मन्त्रालय छ तर आज कति नेपालीहरू ठगीमा परेका छन् । यदि मन्त्रालयको काम हुँदैन भने मन्त्रालयको काम छैन,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ बैशाख २०८२, १३ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मलाई सिंहदरबारभित्र बन्धक बनाइएको छः ज्ञानेन्द्र शाही
झूटा मुद्दा लगाए जनताले तिमीहरूका घर घेर्छन् : ज्ञानेन्द्र शाही
देउवाले ज्ञानेन्द्रलाई ‘राप्रपा सभापति’ बन्न भनेपछि ज्ञानेन्द्र शाही आक्रोशित
ज्ञानेन्द्र शाहीको प्रश्न- तपाईंहरूविरुद्ध आन्दोलन गर्यो भने के हालत होला ?
एमाले सांसद रघुजी र राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र बीच वादविवाद
प्रमुख दलहरूलाई ज्ञानेन्द्र शाहीको चुनौती- हिम्मत भए प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखमा जाऔं