काठमाडौं । परराष्ट्र मन्त्रालयले पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीसँग निरन्तर सम्पर्कमा रहेको जनाएको छ ।
मन्त्रालयले एक विज्ञप्तिमार्फत हालै विकसित घटनाक्रमका सन्दर्भमा नेपालीको सुरक्षा र हित सुनिश्चित गर्न सरकार पूर्णरुपमा सचेत रहेको जनाएको छ ।
पाकिस्तानस्थित नेपाली दूतावासले त्यहाँ रहेका विद्यार्थी र नेपालीसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको उल्लेख गरेको छ ।
मन्त्रालयले तत्कालै कुनै सहयोग आवश्यक परेमा नेपाली विद्यार्थी तथा अभिभावकले इस्लामावादस्थित नेपाली दूतावासमा सम्पर्क गर्न भनेको छ ।
त्यस्तै, भारतमा अवस्थित नेपाली दूतावासले नेपालीलाई सचेत र सुरक्षित रहन आग्रह गरेको छ । दूतावासले एक विज्ञप्तिमार्फत संकटकालीन अवस्थामा सुरक्षित र आपतकालीन सेवा प्राप्त हुन सक्ने नजिकको स्थानको पहिचान गर्न आग्रह गरेको हो ।
भारतको जम्मु कश्मीरको पहलगाममा भएको आतङ्कवादी हमलापछि विकसित घटनाक्रमलाई मध्यनजर गर्दै दूतावासले आवश्यक सतर्कता अपनाउन ध्यानाकर्षण गराएको हो ।
दूतावासले भारत सरकारको आधिकारिक निकायबाट जारी भएका सुरक्षासम्बन्धी निर्देशनको पालनासमेत गर्न भनेको हो । नेपाली नागरिकले नेपाली दूतावास र महावाणिज्यदूतावास कोलकातामा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ बैशाख २०८२, ०८ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रान्जिटमा रहेका सबै नेपाली गन्तव्यतर्फ पठाइएको परराष्ट्र मन्त्रालयको दाबी
पश्चिम एसियाबाट ६५ हजार ८८६ नेपालीले गरे अनलाइनमा आफ्नो विवरण दर्ता
‘मध्यपूर्वमा रहेका नेपालीसँग सम्पर्कमै छौँ, ट्रान्जिटमा रहेकाहरू सुरक्षित छन्’ : परराष्ट्र मन्त्रालय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘मध्यपूर्वमा रहेका १७ लाख बढी नेपालीको सुरक्षा सरकारको उच्च प्राथमिकतामा
राहदानीको विषय समाधान उन्मुख छ : परराष्ट्र मन्त्रालय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘विपिन जोशीको अवस्था अज्ञात’