काठमाडौँ । पाकिस्तानको उच्चस्तरीय सैनिक मण्डल नेपाल भ्रमणमा आएको विषय संसदमा उठेको छ । नेपाली काँग्रेसका नेता एवं पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले यो बेला पाकिस्तानी सैनिकको भ्रमण उपयुक्त नभएको बताएका हुन् ।
छिमेकमा भएको जघन्य आतंककारी घटना र विकसित परिस्थितिलाई नजरअन्दाज गर्दै पाकिस्तानको उच्चस्तरीय सैनिक प्रतिनिधिमण्डलले नेपाल भ्रमण भएको साउदले संसद बैठकमा बताए ।उनले भने,‘ भ्रमण पूर्वनिर्धारित नै भए पनि वर्तमान स्थितिका बारे संवेदनशील भएर कूटनीतिक कौशलताका साथ तत्कालका लागि भ्रमण स्थगन गर्दै उपयुक्त समयको प्रतीक्षा गर्नुपर्ने आवश्यकता थियो ।’
नेपाली नागरिक आतंकको सिकार भएको र छिमेकमा युद्धको आगो सल्किरहेको बताउँदै साउदले सरकारले कूटनीतिक जिम्मेवारी बोध गरी राष्ट्रिय र अन्तराष्ट्रिय दायित्व निर्वाह गर्न सुझाव दिए । पूर्व निर्धारित तालिका अनुसार पाकिस्तानी सेनाको एक टोली तालिमका लागि काठमाडौँ आएको छ । माजिक जागरण र स्वास्थ्य सचेतनाका मुद्दालाई पनि प्राथमिकता दिनुपर्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ बैशाख २०८२, १२ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अराजकता र अनियमिततालाई सरकारले प्राथमिकता दिँदैन: एनपी साउद
कञ्चनपुरका आरक्षपीडितको समस्या समाधान गर्न एनपी साउदकाे माग
निर्वाचनका लागि पार्टी तयार भएको छैन: एनपी साउद
संविधान संशोधन गरी मन्त्रालय र सांसदको सङ्ख्या घटाउनुपर्छ : एनपी साउद
सरकारले संविधान संशोधनको एक पाइला पनि चाल्न सकेन : साउद
जिम्मेवारीमा रहेका नेताहरू कर्तव्यबाट भागेर पदको लडाइँमा मात्रै लाग्नु हुँदैन : एनपी साउद