काठमाडौँ । नेपाली काँग्रेसका नेता एनपी साउदले ०८४ सालमा हुने भनिएको निर्वाचनका लागि पार्टी तयार नै नभएको बताएका छन् ।
आइतबार ललितपुरको सानेपामा जारी रहेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै नेता साउदले पार्टीको समग्र अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनले वर्तमान राजनीतिक परिदृश्यमा काँग्रेसले संवेदनशील सक्रिय भूमिका निर्वाह गर्न नसकेको भन्दै पार्टी संगठन कमजोर बन्दै गएकोसमेत बताए ।
उनले भने ‘राजनीतिक दलहरूमा आक्रमण बढ्दै गएको छ। यो केवल दलहरूमा होइन, संविधानमाथि नै आक्रमण गर्ने प्रयास भइरहेको छ। यस्तो अवस्थामा नेपाली काँग्रेसले स्पष्ट आवाज उठाउनुपर्छ।’
उनले आसन्न २०८४ को निर्वाचनलाई संकेत गर्दै पार्टी कुनै कोणबाट तयार नभएको बताए । ‘हेर्दाहेर्दै ०८४ पनि नजिक आइसकेको छ । तर, काँग्रेस त्यसका लागि तयारी अवस्थामा छैन। गैर काँग्रेस मतहरूसँगको दूरी पनि बढिरहेको छ, जुन हाम्रो मत घट्ने संकेत हो’, उनले भने ।
साउदले संगठनात्मक कमजोरीतर्फ पनि ध्यानाकर्षण गराउँदै पार्टीको आधार तह कमजोर भएको बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ असार २०८२, १३ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसदमा उठ्यो पाकिस्तानको उच्चस्तरीय सैनिक मण्डल नेपाल भ्रमणमा आएको विषय
संविधान संशोधन गरी मन्त्रालय र सांसदको सङ्ख्या घटाउनुपर्छ : एनपी साउद
सरकारले संविधान संशोधनको एक पाइला पनि चाल्न सकेन : साउद
जिम्मेवारीमा रहेका नेताहरू कर्तव्यबाट भागेर पदको लडाइँमा मात्रै लाग्नु हुँदैन : एनपी साउद
अध्यादेशबाट देश चलाउनु गलत : एनपी साउद
समृद्धिको अनुभूति दिलाउने गरी सरकार क्रियाशील हुनुपर्छ : पूर्वमन्त्री साउद