अराजकता र अनियमिततालाई सरकारले प्राथमिकता दिँदैन: एनपी साउद

सफल खबर संवाददाता

बुधबार, ०४ भदौ २०८२, १५ : ०१
अराजकता र अनियमिततालाई सरकारले प्राथमिकता दिँदैन: एनपी साउद

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसका सांसद नारायणप्रकाश (एनपी) साउदले अराजकता, अनियमितताहरूलाई सरकारले प्राथमिकता दिन नसक्ने बताएका छन् । बुधबार सिंहदरवारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । समितिको बैठकमा बुधबार हवाई तथा उड्डयन सुरक्षा सम्बन्धमा काननविद्हरूसँग छलफल भएको थियो ।

छलफलमा भाग लिँदै उनले सरकारमा बसेपछि एउटा सर्वांगीण दृष्टिकोण राख्न जरुरी रहेको भनाइ राखेका छन् । ‘सरकारमा भएपछि, सरकारमा बसेपछि एउटा सर्वांगीण दृष्टिकोण राख्नुपर्छ । हामीले वायुसेवा पनि हामीले नै चलाउनुपर्ने हो,’ सांसद साउदले भने, ‘यसलाई दिगो, भरपर्दो बनाउनुपर्ने, यसको विकास गर्नुपर्ने दायित्व नेपाल सरकारको हो । यो कुरोलाई ध्यानमा हामीले राखेनौँ भने एकाध एयरलाइन्सबाहेक अरु बन्द हुने स्थिति भयो ।’

वायुसेवालाई दिगो, भरपर्दो बनाउनुपर्ने, यसको विकास गर्नुपर्ने दायित्व सरकारको भएको बताउँदै उनले यसलाई ध्यान नदिए एकाध एयरलाइन्सबाहेक अरु बन्द हुने स्थिति रहेको बताए ।

‘प्रमोट गर्ने कुरामा सरकारले के सरलीकरण गर्ने बाटो दिन सक्छ त्यसमा सरकारको दृष्टि हुनुपर्छ । अराजकता, अनियमितताहरूलाई हामीले प्राथमिकता दिन सक्दैनौँ,’ उनले समिति बैठकमा भने, ‘नेपालमा धेरै दुर्घटना भइरहेका छन्, उड्डयन होस् वा अरु संस्थाहरू तिनीहरूलाई कुनै रूपमा नस्विकारेको कारण पनि समस्या छ ।’

 

प्रतिक्रिया दिनुहोस