एजेन्सी । भारतले पाकिस्तानमाथि गरेको हवाइ आक्रमणबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिक्रिया जनाएका छन्। उनले घटनालाई 'दुःखद' भन्दै भारत–पाकिस्तानबीचको दशकौँदेखि चलिरहेको विवाद चाँडै समाधान हुने विश्वास व्यक्त गरेका छन्।
नेपाली समयअनुसार बुधबार राति ओभल अफिस प्रवेश गर्ने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भने, 'यो दुःखद हो। हामी अहिले भर्खरै यसको बारेमा थाहा पाउँदैछौं। मलाई लाग्छ, हुन सक्ने अनुमान पहिले नै थियो। उनीहरू धेरै समयदेखि लडिरहेका छन् । म आशा गर्छु, यो तनाव चाँडै सकिन्छ।'
उनको यो टिप्पणी भारतले पाकिस्तान प्रशासित कश्मीरमा गरेको हवाई आक्रमणको केही समयपछि आएको हो । पहलगाममा भएको आतंकवादी घटनाको बदलास्वरूप भारतले बुधबार राति पाकिस्तानतर्फ आक्रमण गरेको हो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २४ बैशाख २०८२, ०७ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ह्वाइट हाउसमा ट्रम्पले बाले दियो, मनाए दिपावली
ट्रम्प र पुटिनबीच टेलिफोन वार्ता, ‘ठूलो प्रगति’ भएको ट्रम्पको भनाइ
रुसी तेल नकिन्न मोदी सहमत भएको ट्रम्पको दाबी
इजिप्टमा ट्रम्पले गरे गाजा शान्ति योजनामा हस्ताक्षर
चिनियाँ सामानमा शतप्रतिशत ट्यारिफ लगाउने ट्रम्पको घोषणा
गाजाका सबै बन्धक सोमबार वा मंगलबार छुट्छन् : ट्रम्प