काठमाडौँ । उपरथी दर्जामा पदोन्नति मान बहादुर महरालाई मंगलबार प्रधान सेनापति अशोक राज सिग्देलले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । जंगी अड्डामा आयोजित एक कार्यक्रमका बिच उनलाई दर्ज्यानी चिह्न प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
उपरथी महरा हाल संयुक्त राष्ट्रसंघको लेबनान स्थित UNIFIL मिसनमा डेपुटी फोर्स कमान्डरको जिम्मेवारीमा कार्यरत छन् ।
प्रधान सेनापतिले सोही अवसरमा सहायक रथी दर्जामा पदोन्नति भएका मनोज थापा र अर्जुन बस्नेतलाई तथा प्रमुख सेनानी ब्रजेश महर्जनलाई समेत दर्ज्यानी चिन्ह प्रदान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ बैशाख २०८२, १५ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवनियुक्त आईजीपी दानबहादुर कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान
दुई उपरथी र पाँच जना प्रमुख सेनानीलाई दर्ज्यानी चिन्ह प्रदान
प्रधान सेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
आठ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान
एआईजी मगरलाई दर्ज्यानी चिन्ह प्रदान