काठमाडौँ । उपरथी दर्जामा पदोन्नति मान बहादुर महरालाई मंगलबार प्रधान सेनापति अशोक राज सिग्देलले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । जंगी अड्डामा आयोजित एक कार्यक्रमका बिच उनलाई दर्ज्यानी चिह्न प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
उपरथी महरा हाल संयुक्त राष्ट्रसंघको लेबनान स्थित UNIFIL मिसनमा डेपुटी फोर्स कमान्डरको जिम्मेवारीमा कार्यरत छन् ।
प्रधान सेनापतिले सोही अवसरमा सहायक रथी दर्जामा पदोन्नति भएका मनोज थापा र अर्जुन बस्नेतलाई तथा प्रमुख सेनानी ब्रजेश महर्जनलाई समेत दर्ज्यानी चिन्ह प्रदान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ बैशाख २०८२, १५ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवनियुक्त आईजीपी दानबहादुर कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान
दुई उपरथी र पाँच जना प्रमुख सेनानीलाई दर्ज्यानी चिन्ह प्रदान
प्रधान सेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
आठ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान
एआईजी मगरलाई दर्ज्यानी चिन्ह प्रदान
नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षकहरूलाई दर्ज्यानी चिन्ह प्रदान