काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई दर्ज्यानी चिन्ह (फुली) प्रदान गरिएको छ। बिहीबार गृह मन्त्रालयमा आयोजित विशेष समारोहमा गृह सचिव रामेश्वर दंगालले कार्कीलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन्।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई देशको ३३औँ प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो। कार्यक्रममा सहभागी भएपछि कार्कीले प्रहरी संगठनको मनोबल उच्च राख्दै सुदृढ नेतृत्व, पारदर्शिता र सामूहिक भावनासहित संगठनलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे।
यसअघिका आईजीपी चन्द्र कुबेर खापुङ्गको ३० वर्षे सेवा अवधि बुधबार पूरा भई उनी अनिवार्य अवकाशमा गएका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ कार्तिक २०८२, ११ : ४५
लेखकबाट थप