एजेन्सी । अमेरिकाले सुदूर देशहरु जस्तै एंगोला र इक्वेटोरियल गिनी—सँग आप्रवासी देश निकाला गर्न सहयोग मागेको खुलासा भएको छ। सिवीएसन्यूजद्वारा प्राप्त आन्तरिक सरकारी कागजातअनुसार ट्रम्प प्रशासनले ती देशहरूलाई नागरिक नभएका आप्रवासीहरूलाई स्वीकार गर्न अनुरोध गरेको हो।
यो कदम ट्रम्प प्रशासनको तीव्र कूटनीतिक प्रयासको हिस्सा हो, जसअन्तर्गत त्यस्ता आप्रवासीलाई देश निकाला गर्न अन्य राष्ट्रहरूको सहमति खोजिँदै गरेको सिविएन्यूजले जनाएको छ ।
समाचार अनुसार गृहदेशहरूले उनीहरूलाई फिर्ता लिन अस्वीकार गरेका छन्। ट्रम्प प्रशासनले यसअघि केही ल्याटिन अमेरिकी देशहरूसँग सहमति गरि सकेको छ जसले आफ्ना नागरिक नभएका आप्रवासीलाई स्वीकार गरेका छन्।
२०२५ को फेब्रुअरीमा सयौं अफ्रिकी र एशियाली आप्रवासीहरूलाई कोस्टा रिका र पानामा निस्कासन गरिएको थियो। मार्चमा करिब ३०० भेनेजुएलावासी जो अपराध गिरोहमा संलग्न रहेका आरोपीहरुला एल साल्भाडोर पठाइएको छ ।
ग्वाटेमालाले पनि यस्ता तेस्रो देशका आप्रवासीहरूलाई लिने सहमति जनाइसकेको छ। मेक्सिकोले पनि भेनेजुएलाजस्ता देशका आप्रवासीहरूलाई स्वीकार गर्दै आएको छ । सिविएसन्यूजका अनुसाक ट्रम्प प्रशासन अझ पर जान चाहन्छ।
आन्तरिक कागजातअनुसार, अमेरिकाले एंगोला, बेनिन, इक्वेटोरियल गिनी, एस्वाटिनी, लिबिया, मोल्डोवा र रवाण्डाजस्ता अफ्रिकी तथा युरोपेली देशहरूसँग पनि तेस्रो देशका आप्रवासीलाई देश निकाला गर्न सम्भाव्यता अध्ययन गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ बैशाख २०८२, ०७ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हामीले इरानलाई जित्यौँ : ट्रम्प
इरानको हवाई प्रतिरक्षा प्रणाली, वायुसेना, नौसेना र नेतृत्व समाप्त भएको ट्रम्पको दाबी
इरानी हमलाबाट मारिने अमेरिकी सैनिकको संख्या बढ्न सक्ने ट्रम्पको दाबी
'पाकिस्तान–अफगानिस्तान युद्धमा अमेरिकाले हस्तक्षेप गर्न सक्छ' : ट्रम्प
विश्वव्यापी रूपमा १५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
सर्वोच्चको फैसलाप्रति ट्रम्पको असन्तुष्टि, विश्वव्यापी आयातमा १५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा