एजेन्सी । अमेरिकाले सुदूर देशहरु जस्तै एंगोला र इक्वेटोरियल गिनी—सँग आप्रवासी देश निकाला गर्न सहयोग मागेको खुलासा भएको छ। सिवीएसन्यूजद्वारा प्राप्त आन्तरिक सरकारी कागजातअनुसार ट्रम्प प्रशासनले ती देशहरूलाई नागरिक नभएका आप्रवासीहरूलाई स्वीकार गर्न अनुरोध गरेको हो।
यो कदम ट्रम्प प्रशासनको तीव्र कूटनीतिक प्रयासको हिस्सा हो, जसअन्तर्गत त्यस्ता आप्रवासीलाई देश निकाला गर्न अन्य राष्ट्रहरूको सहमति खोजिँदै गरेको सिविएन्यूजले जनाएको छ ।
समाचार अनुसार गृहदेशहरूले उनीहरूलाई फिर्ता लिन अस्वीकार गरेका छन्। ट्रम्प प्रशासनले यसअघि केही ल्याटिन अमेरिकी देशहरूसँग सहमति गरि सकेको छ जसले आफ्ना नागरिक नभएका आप्रवासीलाई स्वीकार गरेका छन्।
२०२५ को फेब्रुअरीमा सयौं अफ्रिकी र एशियाली आप्रवासीहरूलाई कोस्टा रिका र पानामा निस्कासन गरिएको थियो। मार्चमा करिब ३०० भेनेजुएलावासी जो अपराध गिरोहमा संलग्न रहेका आरोपीहरुला एल साल्भाडोर पठाइएको छ ।
ग्वाटेमालाले पनि यस्ता तेस्रो देशका आप्रवासीहरूलाई लिने सहमति जनाइसकेको छ। मेक्सिकोले पनि भेनेजुएलाजस्ता देशका आप्रवासीहरूलाई स्वीकार गर्दै आएको छ । सिविएसन्यूजका अनुसाक ट्रम्प प्रशासन अझ पर जान चाहन्छ।
आन्तरिक कागजातअनुसार, अमेरिकाले एंगोला, बेनिन, इक्वेटोरियल गिनी, एस्वाटिनी, लिबिया, मोल्डोवा र रवाण्डाजस्ता अफ्रिकी तथा युरोपेली देशहरूसँग पनि तेस्रो देशका आप्रवासीलाई देश निकाला गर्न सम्भाव्यता अध्ययन गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ बैशाख २०८२, ०७ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
थाइल्यान्ड र कम्बोडियाको युद्ध रोक्न म फोन गर्छु : ट्रम्प
ट्रम्पलाई किन भेट्न चाहन्छन् जेलेन्स्की ?
रुस–युक्रेन युद्ध रोक्ने अमेरिकी प्रस्ताव ‘अन्तिम’ होइन : ट्रम्प
ममदानीसँगको भेटमा आठ शान्ति–सम्झौता गराएको ट्रम्पको दाबी
क्यानाडाली सामानमा १० प्रतिशत कर वृद्धि ट्रम्पको घोषणा
ट्रम्पद्वारा क्यानाडासँगको सबै व्यापार वार्ता तत्काल समाप्त