काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभामा मंगलबार जवाफ दिने भएका छन् । प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिन लागेका हुन् ।संघीय संसद्मा आजदेखि नीति तथा कार्यक्रममाथि छलफल हुँदैछ । यसअन्तर्गत राष्ट्रिय सभामा पनि आजदेखि नै छलफल सुरु हुँदैछ ।
यही वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसद्मा प्रस्तुत गरेका थिए । त्यसमाथि आज देखि छलफल हुन लागेको हो ।राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्दैछ । सभामा आज प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०८२/८३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
त्यसपछि आर्थिक वर्ष २०८२/८३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ हुनेछ । राष्ट्रिय सभामा आज र भोलि(मंगलबार) नीति तथा कार्यक्रममाथि छलफल हुनेछ । त्यसपछि भोलि नै प्रधानमन्त्री ओलीले जवाफ दिने कार्यतालिका छ ।
राष्ट्रिय सभाको क्यालेन्डर अनुसार आज र भोलि नीति तथा कार्यक्रममाथि छलफल हुनेछ । भोलि नै प्रधानमन्त्रीले जवाफ दिएपछि नीति तथा कार्यक्रम पारित गर्ने तालिका क्यालेन्डरमा छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ बैशाख २०८२, १० : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण
काठमाडौं-तराईं द्रुतमार्ग निरीक्षणमा प्रधानमन्त्री कार्की
फागुन २१ को निर्वाचन शान्तिपूर्ण र निष्पक्ष हुन्छ: प्रधानमन्त्री कार्की
मुलुकबाट अन्योल र अनिश्चितताको अन्त्य भयो, निर्वाचनमा ढुक्कसँग सहभागी हुनुस् : प्रधानमन्त्री
प्रधानमन्त्रीद्वारा मकर सङ्क्रान्तिको शुभकामना
कुलमानलाई प्रधानमन्त्रीको प्रश्न– 'दलीय आवद्दता खुल्यो, अव के गर्ने ?'