काठमाडौं । एमालेभित्र केपी ओली एकल ब्राण्ड थिए । झण्डै झण्डै नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ, जनननेता मदन भण्डारी र पूर्वअध्यक्ष मनमोहन अधिकारीकै तहमा केपी ओलीले एमालेभित्र आफनो एकल ब्राण्डिङ गराएका थिए ।
माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतमहरु एमालेबाट बाहिरिएपछि एमालेमा ओलीले जे बोल्यो, त्यही एमालेको निर्णय हुने परम्परा चलेको पनि केही वर्ष नै भईसक्यो । ओलीका अगाडी बोल्नु भनेको पार्टीभित्र आफु सिद्दिनु हो भन्ने भाष्य नै निर्माण भईसकेको थियो । तर क्रमशः ओलीको त्यो ब्राण्ड खस्किन थालेको छ ।
बरिष्ठ नेता इश्वर पोखरेल, उपाध्यक्षहरु रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, गुरुप्रसाद बराल उपमहासचिव प्रदीप ज्ञवालीलगायतका नेताहरु नै बीचधारमा उभिन थालेका छन् । जसकाकारण ओली पार्टीभित्रै एक्लो बृहस्पति बनेका छन् । उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्रप्रसाद पाण्डे, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ सचिवहरु लेखराज भटट, गोकर्ण भटट, योगेश भटटराई, छविलाल विश्वकर्मा, रघुविर महासेठ र पद्माकुमारी अर्याल पनि ओलीसँग छैनन । यी नेताहरुको अहिले पूर्व राष्ट्रपति विद्या भण्डारीसँग हिमचिम बढ्दो छ ।
आफुलाई चित्त नबुझे जे पनि गर्न सक्ने ओलीलाई आइतबार एमाले सचिवालय बैठकमा मुखै फोरेर उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले हाँक दिइन् । ‘अध्यक्ष ज्यू मलाई स्पष्टिकरण कहिले आउँछ ? विद्या भट्टराईलाई शिक्षामन्त्रीबाट हटाउँदा ठिक गर्नुभएन । मेरो प्रश्न आज पनि त्यही छ । ल मैले विद्या भट्टराई योग्य नेतृ भन्ने लागेर स्टाट्स लेखे । तर तपाईंले मलाई लक्षित गदै स्पष्टिकरण सोधिन्छ भन्दै बोल्दै हिड्नु भएछ । कहिले सोध्नुहुन्छ ?’ शाक्यले आइतबार एमाले सचिवालय बैठकमा ओलीमाथी प्रश्न गरिन् ।
हुन त शाक्य पहिले पनि ओलीलाई प्रश्न गर्न सक्ने नेतृमा पर्थिन । तर उनले माधव नेपाल छोडेर एमालेमै रहेपछि भने ओलीमाथी प्रश्न गर्न सकेकी थिइनन् । ओलीभित्रै करिव विलिन भएकी शाक्य आइतबार भने ओलीमाथी सवालजवाफमै उत्रेकी थिइन् ।
मैले स्टाट्स लेखे त । विद्या भट्टराईले राम्रै गरिरहेकी लागेर लेखे । क्षमतावान नै लागेर लेखे तर तपाई (ओली)ले पनि आफ्नै कमिटीका नेता बारेमा बाहिर–बाहिर स्पष्टीकरण सोधिन्छ भन्दै बोल्दै किन हिँड्नु भएको रु,’ शाक्यले ओलीलाई प्रश्न गरिन् ।
आइतबार झण्डै बोलाइएको भन्दा दुई घण्टा पछि बैठक शुरु गरेका ओलीले विद्या भट्टराईको प्रसंगमा पनि आफुमाथी भित्र बाहिर आक्रमण भएको प्रश्न उठाएपछि शाक्यले ओलीसङ्ग सवालजवाफ फर्काएकी थिइन् ।
ओलीले अहिले पार्टीभित्र पटक पटक आफनो बचाउमा उत्रन नेताहरुलाई आग्रह गरिरहेका छन् । तर ओलीलाई साथ दिन्छौं भनेर जवाफ दिने नेता अहिले एमालेमा देखिन छोडेका छन् । पूर्व राष्टपति विद्या भण्डारी समेत अबको एमालेको नेतृत्वमा आउने चर्चा चलिरहेका बेला ओलीलाई मज्जैले साथ दिने नेता एमालेको पदाधिकारी (सचिवालयमै) खडेरी पर्न थालेका छन् । हिजो ओलीलाई काँध थापेका नेताहरु पनि अहिले बीचधारमा बस्न थालेका छन् । जसकाकारण पार्टीभित्रै ओली एक्लिन थालेको एमाले नेताहरुका बीचमा चर्चा छ ।
एमाले सचिवालय (पदाधिकारी) मा १९ जना नेता छन् । जसमध्ये १ जना निलम्बनमा छन् । १८ जना सचिवालय सदस्यमध्ये केपी ओलीको बचाउमा महासचिव शंकर पोखरेल र विष्णु रिमालमात्रै छन् । रिमाल ओलीको प्रमुख राजनीतिक सल्लाहकार छन् । त्यसबाहेकका अन्य नेताहरु नबोलेपनि केही विपक्षी कित्तामा छन् त केही वीचधारमा बस्न थालेका छन् ।
बरिष्ठ नेता इश्वर पोखरेल, उपाध्यक्षहरु रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, गुरुप्रसाद बराल उपमहासचिव प्रदीप ज्ञवालीलगायतका नेताहरु नै बीचधारमा उभिन थालेका छन् । जसकाकारण ओली पार्टीभित्रै एक्लो बृहस्पति बनेका छन् ।
उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्रप्रसाद पाण्डे, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ सचिवहरु लेखराज भटट, गोकर्ण भटट, योगेश भटटराई, छविलाल विश्वकर्मा, रघुविर महासेठ र पद्माकुमारी अर्याल पनि ओलीसँग छैनन । यी नेताहरुको अहिले पूर्व राष्ट्रपति विद्या भण्डारीसँग हिमचिम बढ्दो छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ बैशाख २०८२, ०९ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीम रावलले सोधे केपी ओलीलाई पत्रकार सम्मेलनबाटै स्पष्टीकरण
प्रधानमन्त्री ओलीलाई भाइरल ज्वरोको संक्रमण भएपछि केही दिन आराम गर्न चिकित्सकको सुझाव
केपी ओलीको शपथ ग्रहणमा गएनन् माधव नेपाल
केपी ओली प्रधानमन्त्रीमा नियुक्त
राष्ट्र अप्ठ्यारोमा परेका बेला दलहरूबीच संवाद र साझा प्रयास आवश्यक हुन्छ : केपी ओली
एमालेलाई ध्वस्त बनाउने प्रयास भइरहेको छ : केपी ओली