काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राजनीतिक खेलमा चतुर मानिन्छन् । कहिले सत्तापक्षका नेताहरुसँग बलियो लगनगाँठो कसेर विपक्षी तर्साउँछन्, कहिले विपक्षी दलका नेता भेटेर सत्तापक्षका सहयात्री दलका नेता तर्साउँछन् ।
यो खालको कुटिल राजनीतिक चार्तुयता केपी ओलीको पहिले देखिकै हो । विपक्षी दलका नेता पुष्पकमल दाहाल (प्रचण्ड) होस् या आफनो सत्ताको मुख्य टेको कांग्रेस सभापति शेरवहादुर देउवा नै किन नहोस्, ओलीले कुनै न कुनै विषयमा भेट गरेर अर्काेपक्षलाई साइजमा ल्याउन अनेक दाउपेच खेलिहाल्छन् । यो कलामा केपी ओलीलाई समकालिन राजनीतिमा कसैले जित्न नसक्ने विश्लेषण राजनीतिक वृत्तमा हुने गरेको छ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक रहेका कुलमान घिसिङलाई केपी ओली प्रधानमन्त्री भएदेखि नै हटाउन चाहन्थे । तर जनसमर्थन र विपक्षी माओवादीका नेताहरुको निरन्तरको प्रेसरका कारण उनले कुलमान हटाउन सकिरहेका थिएनन । त्यही वीच प्रधानमन्त्री ओलीले आफना विज्ञ सल्लाहकार अग्नि खरेलमार्फत संक्रमणकालिन न्यायसँग सम्वन्धित विषयमा छलफल गर्न भन्दै माओवादी अध्यक्ष प्रचण्डलाई सिंहदरवार बोलाए ।
संक्रमणकालिन न्याय टुग्याउन प्रचण्ड जहिल्यै सकारात्मक छन् । त्यही प्रचण्डको लचकपनको फाइदा उठाँउदै ओलीले जुन दिन प्रच्ण्ड भेटे, त्यसको भोलिपल्टै कुलमान बर्खास्त गरे । अनि आफन ‘साइबर सेना’ प्रयोग गरि हल्ला चलाईदिए– कुलमान हटाउन प्रचण्डको नै सहमति थियो ।
गोयबल्स शैलीमा अरुको बदख्याई गर्न ओलीलाई कसैले सक्दैन । त्यही मेसो ओलीले आइतबार पनि देखाउन खोजेका छन् । सत्ताको सहयात्री दल कांग्रेससँग ओलीको अहिले गर्भनरका विषयमा सहमति बनिसकेको छैन ।
एकमन ओली कांग्रेसलाई गर्भनर दिएर आफनो सरकार जोगाऊ भन्नेमा छ, अर्काेतिर कांग्रेसभित्रै सरकारका विषयमा बढिरहेको असनतुष्टि र विपक्षी माओवादीसँग पछिल्लो चरण कांग्रेस नेताहरुको बढ्दो हिमचिमले ओली शसंकित पनि छन् । यो दोधारका बीचमा ओली गर्भनर कांग्रेसलाई दिने ⁄नदिनेमा अझै अनिर्णित छन् ।
पहिले देउवासँग एक खालको सहमति जनाएपनि उनी त्यो सहमतिमा टिक्न सकिरहेका छैनन । जसकाकारण देउवासमेत ओलीसँग चिढिन थालेका छन् । यही मेसोमा कांग्रेस सभापति शेरवहादुर देउवालाई गलाउन ओलीले अर्काे फन्डा फयाँकेका छन्, एमाले माओवादी नेताहरुका बीच बाक्लो भेटघाट सुरु भएको हौवादारी प्रचार ।
आइतबार उनले टिआरसीकै विषयमा छलफल गर्न विपक्षी दलका नेता प्रचण्डलाई बोलाए । केही दिन अगाडी नै टिआरसी र वेपत्ता आयोगको नेतृत्व काग्रेस एमालेका बीचमा भागवन्डा लगाईसकेको बुझेका माओवादी अध्यक्ष प्रचण्ड साक्षीकिनारा नबस्ने भन्दै छलफलमा सहभागी भएका थिएनन । तर आइतबार उनका विज्ञ सल्लाहकार अग्नि खरेलमार्फत प्रधानमन्त्री ओलीले माओवादी अध्यक्ष प्रचण्डसँग भेट गरे । प्रचण्डले पनि पार्टी उपमहासचिव वर्षमान पुन (अनन्त)लाई लिएर सिंहदरवार पुगे ।
त्यहाँ ओली प्रचण्ड, वर्षमान र अग्नि खरेलका बीचमा सम्वाद भयो । टिआरसीमा आफु लचिलो बन्न तयार रहेको प्रधानमन्त्रीले बताए । तर बाहिर प्रचार गरिदिए माओवादी र एमालेबीच फेरि वाम सरकार निर्माणमा छलफल चल्यो । त्यस्तो प्रचार उनले आफु निकट नेताहरु परिचालन गरेर केही सञ्चारमाध्यममा गोयवल्स शैलीमा प्रचार गराईदिए ।
तर त्यो खालको छलफल विल्कुल नरहेको माओवादी नेताहरुले बताएका छन् । ओली माओवादी कार्ड फयाँकेर कांग्रेससँग आफनो बार्गेनिङ पावर बढाउन चाहिरहेका छन् । मिल्न नसकेको गर्भनर विवाद आफनो पोल्टामा पार्न ओलीले रणनीतिक कार्ड फयाँक्न खोजेका छन् ।
आइतबार माओवादी अध्यक्ष प्रचण्डसँगको भेटमा ओलीले आफु निकटमार्फत फाल्न खोजेको यस्तै कार्ड मात्र हो । विश्लेषकहरु भन्छन् –काग्रेसमाथी दवाव बढाउन ओलीले माओवादी अध्यक्ष प्रचण्डसँग भेट गरेका हुन् ।
बालुवाटारमा सत्ता सहयात्री दल काग्रेसका नेता शेरवहादुर देउवासँगको भेटमा आफु र देउवालाई सँगै कुर्शी राखेर हौस्याएका ओलीले आइतबार सिंहदरवारमा आफनो कुर्शीमा नबसी ओलीले प्रचण्ड छेउमै अर्काे कुर्शी राखेर बसेर समेत आफुले प्रचण्डलाई महत्व दिएको सन्देश देउवालाई देखाउन खोजेका छन् ।
ओलीको त्यस्तो चालबाजी अरु केही नभएर गर्भनरमा देउवामाथी बढाउन खोजेको दवाव मात्र हो । गर्भनर नियुक्ति सिफारिस समितिका तीनमध्ये राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. विश्व पौडेल बाहेक अध्यमन्त्री विष्णु पौडेल र निर्वतमान गर्भनर महाप्रसाद अधिकारी ओलीको विश्वास पात्र हुन्।
देउवाले गुणाकर भट्टलाई गर्भनर बनाउन प्रस्ताव गरिरहेपनि ओली अहिलेका कामु गर्भनर डा निलम ढुंगानालाई नै गर्भनर बनाउन चाहिरहेका छन् ।
यसको केही मेसो निकाल्न सकिन्छ की भनेर ओलीले अहिले कांग्रेसलाई दवावमा राख्न माओवादी अध्यक्ष प्रचण्डसँग भेटेर कोसिस थालेको निकटवर्ती सूत्रहरुको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ बैशाख २०८२, ०९ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीलाई सुनचाँदी व्यवसायीको ध्यानाकर्षण
एघारौँ विश्व योग दिवसको तयारीबारे प्रधानमन्त्रीसँग छलफल
निष्पक्षता कायमका लागि लोक सेवा आयोगको जनविश्वास प्रबल छ: प्रधानमन्त्री ओली
प्रधानमन्त्रीसँग विश्व बैँकका प्रमुख प्रशासकीय अधिकृतको शिष्टाचार भेट
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त र प्रभावकारी बनाउन प्रधानमन्त्रीको आग्रह
संसद अवरोध अन्त्यमा नेतृत्व गर्न किन चुक्दैछन् प्रधानमन्त्री ओली ?