एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले तेस्राको कार्यकालको इच्छा नराखेको बताएका छन्। आइतबार प्रसारित एक अन्तरवार्तामा उनले आफू दुई कार्यकालका लागि आठ वर्षको राष्ट्रपति भएको बताए। ७८ वर्षीय ट्रम्पले अब अर्को कार्यकालमा रुचि नभएको बताएका हुन्।
ट्रम्पले आफूले तेस्राको कार्यकालको इच्छा नराखेको प्रष्ट पारेका हुन्। यसअघि उनले आफू तेस्रो कार्यकालमा लागि पनि तयार रहेको कुरा जोक मात्र नभएर चौथो कार्यकालसम्म पनि पुग्न सक्ने बताएका थिए।
फ्लोरिडामा उनको निवासमा नै लिइएको अन्तरवार्तामा ट्रम्पले धेरै जना व्यक्ति अझै उनलाई तेस्रो कार्यकालका लागि अनुरोध गर्न आइरहेको भने खुलासा गरेका छन्।
उनले रिपब्लिकमा नै आफ्नो उत्तराधिकारीको खोजी गर्न थालेका छन्। उपराष्ट्रपति जेडी भान्स र विदेश मन्त्री मार्क रुबियो मुख्य दाबेदारको रूपमा रहेका छन्। संविधानको २२ औं संशोधनले कुनै पनि व्यक्ति दुई कार्यकाल भन्दा बढी राष्ट्रपति हुन नपाउने उल्लेख छ।
संविधान परिवर्तनका लागि संसद्को दुई तिहाइको साथ चाहिन्छ। साथै तीन चौथाइ स्थानीय सरकारको समर्थन पनि चाहिन्छ।
ट्रम्पका धेरै समर्थक भने संविधानमा नै छिद्र भएका कारण कानुनी बहसको विषय बनाउन सकिने बताउँछन्। तर ट्रम्पले यो विषय प्राथमिकतामा नरहेको प्रष्ट पारेका हुन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २२ बैशाख २०८२, ०७ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
थाइल्यान्ड र कम्बोडियाको युद्ध रोक्न म फोन गर्छु : ट्रम्प
ट्रम्पलाई किन भेट्न चाहन्छन् जेलेन्स्की ?
रुस–युक्रेन युद्ध रोक्ने अमेरिकी प्रस्ताव ‘अन्तिम’ होइन : ट्रम्प
ममदानीसँगको भेटमा आठ शान्ति–सम्झौता गराएको ट्रम्पको दाबी
क्यानाडाली सामानमा १० प्रतिशत कर वृद्धि ट्रम्पको घोषणा
ट्रम्पद्वारा क्यानाडासँगको सबै व्यापार वार्ता तत्काल समाप्त