लन्डन । बेलायती प्रहरीको आतंकवाद विरोधी बलले कयौँ इरानीलाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूले बेलायतमा आतंकवादी हमलाको योजना बनाइरहेको दाबी गरेको छ ।
प्रहरीले यस विषयमा थप जानकारी भने उपलब्ध गराइएको छैन । तर, गुप्तचर सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । शनिबार छापा मार्ने क्रममा देशका कयौँ स्थानबाट आठ जनालाई समातिएको थियो । शङ्कास्पद व्यक्तिहरूसँग सोधपुछ भइरहेको छ ।
प्रहरीले पक्राउ परेका पाँच जनाको उमेर २९ वर्षदेखि ४६ वर्षसम्म रहेको बताएको छ । चार जना इरानी नागरिकको रूपमा पहिचान गरिएको छ। पाँचौँ व्यक्तिको नागरिकता अझै अनुसन्धानको क्रममा छ । यसबाहेक प्रहरीले थप तीन इरानी नागरिकलाई पनि पक्राउ गरिएको बताएको छ ।
उनीहरूलाई हिरासतमा राखिएको छ । सबै संदिग्धहरूसँग सोधपुछ भइरहेको भए पनि अहिलेसम्म कसैविरुद्ध पनि कुनै अभियोग नचलाइएको बीबीसीको समाचारमा उल्लेख छ । गत वर्ष पनि बेलायती सरकारले २० जना संदिग्धलाई हिरासतमा लिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ बैशाख २०८२, १५ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रेड नोटिस जारी भएका फरार प्रतिवादी कुवेतबाट पक्राउ
एमाले केन्द्रीय सदस्य ऐन महर पक्राउ
युके पठाइदिन्छु भन्दै ४३ लाख ठगी, एक जना पक्राउ
नक्कली शैक्षिक प्रमाणपत्र बनाउन संलग्न भएको आरोपमा चितवनका नेता कँडेल पक्राउ
सरकारको विरोध गरेको आरोपमा समाजिक अभियन्ता पक्राउ
नक्कली प्रमाणपत्रसहित रुपन्देहीबाट एक भारतीय नागरिक पक्राउ