लन्डन । बेलायती प्रहरीको आतंकवाद विरोधी बलले कयौँ इरानीलाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूले बेलायतमा आतंकवादी हमलाको योजना बनाइरहेको दाबी गरेको छ ।
प्रहरीले यस विषयमा थप जानकारी भने उपलब्ध गराइएको छैन । तर, गुप्तचर सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । शनिबार छापा मार्ने क्रममा देशका कयौँ स्थानबाट आठ जनालाई समातिएको थियो । शङ्कास्पद व्यक्तिहरूसँग सोधपुछ भइरहेको छ ।
प्रहरीले पक्राउ परेका पाँच जनाको उमेर २९ वर्षदेखि ४६ वर्षसम्म रहेको बताएको छ । चार जना इरानी नागरिकको रूपमा पहिचान गरिएको छ। पाँचौँ व्यक्तिको नागरिकता अझै अनुसन्धानको क्रममा छ । यसबाहेक प्रहरीले थप तीन इरानी नागरिकलाई पनि पक्राउ गरिएको बताएको छ ।
उनीहरूलाई हिरासतमा राखिएको छ । सबै संदिग्धहरूसँग सोधपुछ भइरहेको भए पनि अहिलेसम्म कसैविरुद्ध पनि कुनै अभियोग नचलाइएको बीबीसीको समाचारमा उल्लेख छ । गत वर्ष पनि बेलायती सरकारले २० जना संदिग्धलाई हिरासतमा लिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ बैशाख २०८२, १५ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
केन्द्रीय कारागारबाट भागेकी तामाङ असनबाट पक्राउ
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति प्रकाश पाण्डे पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गरेको अभियोगमा छ जना पक्राउ
अपहरणपछि युवकमाथि अमानवीय यातना, नग्न बनाएर भिडियो बनाएको आरोपमा श्रम मन्त्रीका चालक पक्राउ
साढे एक किलो चाँदीसहित भक्तपुरबाट एक जना पक्राउ
शर्मा एन्ड कम्पनीका अध्यक्ष रमेश शर्मा पक्राउ