काठमाडौं । जम्मु–कश्मीरको पहलगाममा भएको चरमपन्थी आक्रमणपछि भारत र पाकिस्तानबीच बढ्दो तनावको बीचमा भारतले पाकिस्तानबाट आउने सबै सामानमा प्रतिबन्ध लगाएको छ। पाकिस्तानमै उत्पादन भई भारत आउने कुनै पनि वस्तुमा तत्काल लागु हुनेगरी रोक लगाइएको हो।
भारतको वाणिज्य तथा उद्योग मन्त्रालय अन्तर्गतको विदेश व्यापार महानिर्देशालयले एक सूचना जारी गरेर शुक्रबार प्रतिबन्धको निर्णय सार्वजनिक गरेको छ ।
सूचना अनुसार विदेश व्यापार नीति २०२३ मा यससम्बन्धी एउटा व्यवस्था थपिएको छ, जसमा अर्को आदेश नभएसम्मका लागि पाकिस्तानबाट आउने वा पाकिस्तानमा निर्यात गरिने सबै वस्तुहरूको प्रत्यक्ष वा अप्रत्यक्ष आयातमा प्रतिबन्ध लगाइएको उल्लेख छ ।
२२ अप्रिलमा कश्मीरको पहलगाममा भएको चरमपन्थी आक्रमणमा २६ जनाको ज्यान गएको थियो, जसमध्ये अधिकांश पर्यटक थिए। यो आक्रमणपछि भारत र पाकिस्तानले एक-अर्काविरुद्ध विभिन्न कदम चालेका छन् र दुवै देशबीचको तनाव निरन्तर बढिरहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० बैशाख २०८२, १५ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
आइसीसी टी-२० विश्वकप : भारतसँग नेदरल्याण्ड्स १७ रनले पराजित
आईसीसी टी–२० विश्वकप : भारतसँग पाकिस्तान ६१ रनले पराजित
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा
टी-२० विश्वकप: भारत-पाकिस्तान महाभिडन्तमा वर्षा बाधक हुने, कोलम्बो पुग्यो भारतीय टोली
टी–२० विश्वकपमा भारतको लगातार दोस्रो जित : नामिबिया ९३ रनले पराजित