काठमाडौं । जम्मु–कश्मीरको पहलगाममा भएको चरमपन्थी आक्रमणपछि भारत र पाकिस्तानबीच बढ्दो तनावको बीचमा भारतले पाकिस्तानबाट आउने सबै सामानमा प्रतिबन्ध लगाएको छ। पाकिस्तानमै उत्पादन भई भारत आउने कुनै पनि वस्तुमा तत्काल लागु हुनेगरी रोक लगाइएको हो।
भारतको वाणिज्य तथा उद्योग मन्त्रालय अन्तर्गतको विदेश व्यापार महानिर्देशालयले एक सूचना जारी गरेर शुक्रबार प्रतिबन्धको निर्णय सार्वजनिक गरेको छ ।
सूचना अनुसार विदेश व्यापार नीति २०२३ मा यससम्बन्धी एउटा व्यवस्था थपिएको छ, जसमा अर्को आदेश नभएसम्मका लागि पाकिस्तानबाट आउने वा पाकिस्तानमा निर्यात गरिने सबै वस्तुहरूको प्रत्यक्ष वा अप्रत्यक्ष आयातमा प्रतिबन्ध लगाइएको उल्लेख छ ।
२२ अप्रिलमा कश्मीरको पहलगाममा भएको चरमपन्थी आक्रमणमा २६ जनाको ज्यान गएको थियो, जसमध्ये अधिकांश पर्यटक थिए। यो आक्रमणपछि भारत र पाकिस्तानले एक-अर्काविरुद्ध विभिन्न कदम चालेका छन् र दुवै देशबीचको तनाव निरन्तर बढिरहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० बैशाख २०८२, १५ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एसिया कप : आज भारत र पाकिस्तान भिड्दै
‘चाडपर्व छोडेर काम खोज्न भारत’
‘लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीचको सहमतिप्रति नेपालको आपत्ति’
आज भारतको ७९औँ स्वतन्त्रता दिवस, मोदीद्वारा महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण
थप २०० मेगावाट बिजुली निर्यातका लागि भारतको सहमति
भारतीय विदेश सचिव काठमाडौं आउँदै, प्रधानमन्त्री ओलीको भ्रमण तालिका लम्ब्याउने तयारी