नयाँ दिल्ली । हालैको पहलगाम आतङ्कवादी आक्रमणपछि पाकिस्तान लगायत विभिन्न देशका ह्याकिङ गिरोहले भारतीय प्रणालीहरूमा १० लाखभन्दा बढी साइबर आक्रमण गरेको छन् । महाराष्ट्र प्रहरीको साइबर अपराध अनुसन्धान शाखा, महाराष्ट्र साइबरले यस्तो बताएको हो ।
कश्मीरमा अप्रिल २२ मा भएको आतङ्कवादी हमलापछि डिजिटल आक्रमणका घटनाहरूमा वृद्धि भएको एक वरिष्ठ प्रहरी अधिकारीले बिहीबार बताएका हुन् ।
‘पहलगाम आक्रमणपछि भारतमा १० लाखभन्दा बढी साइबर आक्रमण भएका छन्’ महाराष्ट्र साइबर विभागका अतिरिक्त प्रहरी महानिर्देशक यशस्वी यादवले भने । भारतीय वेबसाइट र पोर्टलहरूलाई लक्षित गर्ने यी आक्रमणहरू पाकिस्तान, मध्यपूर्व, इन्डोनेसिया र मोरक्कोबाट गरिएको उनको भनाइ थियो ।
कयौं ह्याकिङ समूहहरूले आफूलाई इस्लामवादी समूह भएको दाबी गरेको उनले बताए । यसलाई उनले सम्भवतः साइबर युद्ध हुनसक्ने भनेका छन् । महाराष्ट्र साइबरले कयौँ साइबर आक्रमणहरूलाई विफल पारेको पनि उनले बताए ।
नोडल कार्यालयले सबै सरकारी विभागहरूको लागि एक सल्लाह तयार पारेको छ । यसमा उनीहरूलाई आफ्नो साइबर पूर्वाधार बलियो बनाउन भनिएको छ । अप्रिल २२ मा, दक्षिण कश्मीरको पहलगाम नजिकै बैसरनमा आतङ्ककारीहरूले गरेको आक्रमणमा नेपाली समेत २६ जनाको हत्या भएको थियो । यसरी मर्नेमध्ये अधिकांश पर्यटक थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ बैशाख २०८२, ११ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रबि लामिछाने र भारतका प्रधान मन्त्रि बीच साढे १० बजे भेटघाट हुदैं
दिल्लीमा रविको ‘डिप्लोमेटिक डेब्यु’ : 'उच्च नेतृत्वसँग भएको भेटघाटले नेपालको समकालीन राजनीतिमा नयाँ बहस'
रास्वपा सभापति लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता
भारतमा के गरिरहेका छन् रवि लामिछाने ? भोलि मोदीसँग भेट्ने कार्यक्रम तय
उच्चस्तरीय भेटवार्ताका लागि रवि लामिछाने भारत प्रस्थान
रविको भारत भ्रमणपूर्व प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति : संयोग कि नियोजित ?