नयाँ दिल्ली । हालैको पहलगाम आतङ्कवादी आक्रमणपछि पाकिस्तान लगायत विभिन्न देशका ह्याकिङ गिरोहले भारतीय प्रणालीहरूमा १० लाखभन्दा बढी साइबर आक्रमण गरेको छन् । महाराष्ट्र प्रहरीको साइबर अपराध अनुसन्धान शाखा, महाराष्ट्र साइबरले यस्तो बताएको हो ।
कश्मीरमा अप्रिल २२ मा भएको आतङ्कवादी हमलापछि डिजिटल आक्रमणका घटनाहरूमा वृद्धि भएको एक वरिष्ठ प्रहरी अधिकारीले बिहीबार बताएका हुन् ।
‘पहलगाम आक्रमणपछि भारतमा १० लाखभन्दा बढी साइबर आक्रमण भएका छन्’ महाराष्ट्र साइबर विभागका अतिरिक्त प्रहरी महानिर्देशक यशस्वी यादवले भने । भारतीय वेबसाइट र पोर्टलहरूलाई लक्षित गर्ने यी आक्रमणहरू पाकिस्तान, मध्यपूर्व, इन्डोनेसिया र मोरक्कोबाट गरिएको उनको भनाइ थियो ।
कयौं ह्याकिङ समूहहरूले आफूलाई इस्लामवादी समूह भएको दाबी गरेको उनले बताए । यसलाई उनले सम्भवतः साइबर युद्ध हुनसक्ने भनेका छन् । महाराष्ट्र साइबरले कयौँ साइबर आक्रमणहरूलाई विफल पारेको पनि उनले बताए ।
नोडल कार्यालयले सबै सरकारी विभागहरूको लागि एक सल्लाह तयार पारेको छ । यसमा उनीहरूलाई आफ्नो साइबर पूर्वाधार बलियो बनाउन भनिएको छ । अप्रिल २२ मा, दक्षिण कश्मीरको पहलगाम नजिकै बैसरनमा आतङ्ककारीहरूले गरेको आक्रमणमा नेपाली समेत २६ जनाको हत्या भएको थियो । यसरी मर्नेमध्ये अधिकांश पर्यटक थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ बैशाख २०८२, ११ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु
एसिया कप : आज भारत र पाकिस्तान भिड्दै
‘चाडपर्व छोडेर काम खोज्न भारत’
‘लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीचको सहमतिप्रति नेपालको आपत्ति’
आज भारतको ७९औँ स्वतन्त्रता दिवस, मोदीद्वारा महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण