काठमाडौं। दक्षिणी भारतको आन्ध्र प्रदेश राज्यको एक मन्दिरमा उत्सव मनाउने क्रममा बुधबार पर्खाल भत्कँदा आठजनाको मृत्यु भएको छ । धेरैजना घाइते छन् ।
आन्ध्र प्रदेशको राजधानी अमरावतीबाट लगभग ३९३ किलोमिटर उत्तरपूर्वमा रहेको विशाखापट्टनमको श्री वराहलक्ष्मी नरसिंह स्वामी मन्दिरमा वार्षिक चन्दनोत्सव उत्सवका क्रममा यो घटना भएको हो ।
अधिकारीहरूका अनुसार, भारी वर्षा र हावाहुरीले संरचनालाई कमजोर बनाउँदा २० फिट लामो पर्खाल ढलेको थियो । मन्दिरमा प्रवेश गर्न लाइनमा बसेका भक्तजन त्यसक्रममा पुरिएका हुन् ।
स्थानीय सरकारी अधिकारी विनय चानले सबै भग्नावशेष हटाइएको बताए । घटनापछि अधिकारीहरूले तुरुन्तै राज्य विपद् प्रतिक्रिया बलका कर्मचारीलाई घटनास्थलमा उद्धार कार्य र घाइतेलाई अस्पतालमा स्थानान्तरण गर्न निर्देशन दिएका थिए ।
अधिकारीहरूले पर्खाल भत्किनुको कारण बुझ्न घटनाको अनुसन्धान गर्न आदेश दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ बैशाख २०८२, ११ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतले नेपाललाई ८ सय करोड भारु अनुदान दिने
न्युजिल्यान्डविरुद्धको टी-२० सिरिजमा भारत ४-१ ले विजयी
भारतमाथि न्युजिल्यान्डले निकाल्यो ५० रनको जित
डिजिटल भुक्तानी गर्न सहज हुने वातावरण विस्तार गर्नेबारे नेपाल र भारतका केन्द्रीय बैंकबीच छलफल
इयू र भारत व्यापार सम्झौताको नजिक
भारतले जित्यो तीन खेलको वान डे सिरिज