काठमाडौं । सरकारसँग पुनः वार्तामा बस्नुअघि शिक्षक महासंघ आन्तरिक छलफलमा जुटेको छ । महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले आन्दोलनको रणनीति र सरकारसँगको वार्ताबारे छलफल गर्न बैठक बस्न लागेको बताइन् । ‘बैठक बस्दै छौं । आन्दोलनको समीक्षा गर्न बैठक बोलाइएको हो,’ उनले भनिन् ।
यसअघि आइतबार राति अबेरसम्म सरकारसँग वर्ता भए पनि सहमति जुट्न सकेको छैन । बुँदा–बुँदामा छलफल भए पनि केही बुँदामा कुरा मिल्ने बाँकी रहेको शिक्षा मन्त्रालयका अधिकारीहरू बताउँछन् ।
सेवा–सुविधाको विषयमा मन्त्रिपरिषद्बाट निर्णय भए शिक्षकले आन्दोलनको मोडालिटी परिवर्तन गर्ने बताउँदै आएका छन् । सरकारले तत्काल पूरा गर्न सकिने माग सम्बोधन गर्दै निर्णय गर्ने र शिक्षकले आन्दोलनको स्वरुप बदल्ने गरी वार्ता अगाडि बढेको छ ।
आइतबारको वार्तापछि शिक्षामन्त्री रघुजी पन्तले वार्ता सकारात्मक भएको र केही विषयमा कुरा मिल्न बाँकी रहेको बताएका थिए । २८ दिनदेखि शिक्षकहरूको आन्दोलनका कारण शैक्षिक क्षेत्र ठप्प भएको छ । शिक्षक महासंघको बैठकको समय भने तय हुन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ बैशाख २०८२, १६ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बजेट पारित भएपछि संसद् अधिवेशन अन्त्य गर्ने सरकारको तयारी, अध्यादेशमार्फत शासनको आशंका
कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार
रास्वपाको जिल्ला अधिवेशनमा ‘नेपाल सरकार’ को लोगो प्रयोग
आगामी वर्ष १६ खर्ब राजस्व संकलन गर्ने सरकारको लक्ष्य
हरिनारायणको हिसाब : 'बजेटपछि झन् महँगो हुँदै गएको जीवन'
सरकारको ‘मेरिट’ नियुक्ति माथि प्रश्न : पिएसबी अध्यक्षमा हिजो आवेदन आह्वान, आजै सूचना रद्द, कसका लागि तयार हुँदैछ नियुक्ति प्रक्रिया ?