दाङ । नेपाली काँग्रेसका प्रवक्ता एवम् पूर्व अर्थमन्त्री माननीय डा. प्रकाश शरण महतले भारतको कस्मिरमा भएको हिन्दु लक्षित आतंककारी हमलाको निन्दा गरेका छन्।
पार्टीको कार्यक्रमको सिलसिलामा दाङ पुगेका प्रवक्ता महतले आज घोराहीमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन्।
उनले भने, ‘भारतको कस्मिरमा हिन्दुहरुलाई लक्षित गरेर अत्यन्त दर्दनाक किसिमको आतंककारी हमला भयो, यो चाहिँ जघन्य अपराध हो र जो कोही यसको पछाडि छन यो आतंकमा संलग्न छन तिनीहरूलाई कडा भन्दा कडा कारवाही हुनुपर्यो, यो आतंककारी हमलामा हाम्रो नेपाली नागरिक पनि मारिएका छन्। उनी लगायत सम्पूर्ण मृतक प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु र शोकाकुल परिवारजनमा गहिरो संवेदना प्रकट गर्दछु, यो घटनमा हामी भारत र भारतीय जनताको साथमा छौ।’
प्रवक्ता महतले यस्तो खाले आतंकवादका विरुद्ध सारा विश्व एक हुने पर्ने पनि बताएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ बैशाख २०८२, १० : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारलाई ओभर स्मार्ट नबन्न काँग्रेस सांसद गुरुङको चेतावनी
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति
विराटनगरका काँग्रेस नेता अभिषेक गिरी पक्राउ
कारागारका कैदीबन्दीको रकम असुली गरेको आरोपमा कांग्रेसका स्थानीय नेता पक्राउ
कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीको छापा
क्रियाशील सदस्यता वितरणका लागि काँग्रेसले खटायो ७७ जिल्लामा प्रतिनिधि (सूचीसहित)