काठमाडौं । सहकारी ठगी प्रकरणमा सरकारले नै दुई थरी रवैया अबलम्बन गरेको आरोप लागिरहेका बेला शनिबार राती कांग्रेसका समानुपातिक सांसद माया राई पक्राउ परिन् ।
आफना सांसदलाई छानीछानी जोगाउने, तर अरुलाई पूर्वाग्रह राखी कारवाहीको डन्डा चलाउने काम सरकारले गरिरहेको आरोप कांग्रेस एमालेको अहिलेको सत्ता गठबन्धनलाई लागिरहेको थियो ।
भुटानी शरणार्थी प्रकरण देखि ठूला ठूला भष्टाचार काण्डमा माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको तत्कालिन सरकारले मेरो तेरो नभनी कारवाही प्रक्रिया अगाडी बढाएपछि प्रचण्ड नेतृत्वको सरकार रातारात ढालिएको थियो ।
त्यसयता एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमाथी आफनालाई जोगाउनेकाममा लागेको आरोप लागेको थियो । अझ सहकारी प्रकरणमा राप्रवा सभापति रवि लामिछानेमाथी कारवाही प्रक्रिया अगाडी बढाउने तर कांग्रेस सांसद माया राई, एमाले सांसद ऋषिकेश पोखरेल सम्मलाई जोगाउने काम गरेको आरोप लागिरहेको थियो ।
अझ कांग्रेस सांसद माया राइ ८ महिनायता प्रहरीको फरार सूचीमा थिइन् । कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुद्दा चलाउन सिफारिस गरिएपछि उनी फरार सूचीमा थिइन् ।
तर उनीमाथी कांग्रेस–एमाले गठबन्धन सरकारले पक्राउ गर्ने सवालमा कुनै स्टेप चालेको थिएन । उनी एक्काशी शुक्रवार संसद भवनमा देखिइन् । प्रहरीको फरार सूचीमा रहेकी सांसद प्रहरीकै तीन घेरा पार गरेर शुक्रवार संसदमा पुगिन् र हाजिर गरेर बाहिरिन् ।
यसपछि पनि सत्ता गठबन्धनमाथी थप दवाव परिरहेको थियो । संसदमै प्रश्न उठन थालेको थियो । भोजपुरबाट जनजाती कोटामा सांसद बनेकी र कांग्रेस सभापति शेरवहादुर देउवा निकट रहेकी सांसद राई निर्वाध संसद पुगेर हाजिर गरेपनि प्रहरीले अन्देखा गरेको आरोप लागेपछि ओली र देउवामाथी दवाव परेको थियो ।
यसबारेमा शनिबार ओली र देउवावीच बालुवाटारमा भएको छलफलमा पनि प्रश्न उठेको थियो । गृहमन्त्री रमेश लेखक र उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल समेत रहेर भएको ओली देउवा छलफलमा सरकारमाथी आफनालाई जोगाएको आरोप प्रतिपक्षीले लगाउन थालेको र यसको फेस सेभिङ गर्न अप्ठ्यारो परेको कुरा उठेपछि माया राईलाई पक्राउ गर्ने समझदारी बनेको थियो ।
यस अगाडी अदालतले पक्राउ गर्न भनेपनि कांग्रेस नेता गृहमन्त्री भएको र प्रहरीले गृहमन्त्रीलाइै सोध्दा ततकाल पक्राउ नगर्न भनी आदेश दिने गरेका कारण सांसद राइृ पक्राउ पर्न बाट जोगिदै आएकी थिइन् । शनिबार बालुवाटारमा उनको बारेमा पनि प्रश्न उठेपछि तत्काल पक्राउ गर्ने तर जोगाउन हरसम्भव उपायको खोजी गर्ने समझदारी बनेको बताइन्छ ।
त्यसपछि नै हो कांग्रेस सांसद राई शनिबार बेलुकी आफ्नै निवास काठमाडौंको कपनबाट पक्राउ परेकी । सहकारी ठगी र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी हुँदा पनि उनी लामो समयदेखि फरार थिइन् ।
राई स्वर्णलक्ष्मी सहकारीको सञ्चालक समितिमा रहेर सहसचिव पदमा कार्यरत थिइन् । राईलाई भने यो मुद्दामा उन्मुक्ति दिइएको भन्दै चौतर्फी आलोचना भएको थियो ।राई समेत पाँच जनालाई उन्मुक्ति दिँदै ३९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । राई समेतका व्यक्तिले ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ । उनलाई जोगाउने योजनाका साथ अहिले पक्राउ गरिएको आशंका छ ।
सहकारी ठगीमा प्रहरीको खोजी सूचीमा रहेकी सांसद माया राई आठ महिनापछि शुक्रबार संसद्मा उपस्थित भएकी हुन् । संसद् सचिवालयको सांसद सुविधा व्यवस्थापन महाशाखाका उपसचिव प्रदीपकुमार नेपालका अनुसार बजेट अधिवेशनको पहिलो दिन प्रतिनिधिसभा सदस्य राईले संसद्मै पुगेर हाजिर गरेकी थिइन् । हाजिरलगत्तै उनी हिँडेकी थिइन् ।
अहिले उनी पक्राउ परेको सूचना प्रहरीले संसद सचिवालयलाइ गराईसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ बैशाख २०८२, ०८ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसले पार्टीको चुनावी प्रतिज्ञापत्र आज आयोगमा बुझाउने, बुधबार जनकपुरमा सार्वजनिक गर्ने
लोकतान्त्रिक मूल्य र आदर्शलाई थप सशक्त बनाउन पार्टीको अभियानमा साथ दिन काँग्रेसको आग्रह
‘फागुन २१ का लागि मेरो २१ दिन’ अभियानसहित नेता कार्यकर्तालाई परिचालन गर्ने काँग्रेसको निर्णय
कांग्रेस कार्यसम्पादन समिति बैठक आज, यस्ता छन् छलफलका एजेन्डा
काँग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
काँग्रेस सभापति थापा पोखरामा