काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्व स्वास्थ्य राज्यमन्त्री तीर्थराम डङ्गोलको गएराति निधन भएको छ।
लामो समयदेखि प्रोष्टेज क्यान्सर र मिर्गौलाको उपचार गराइरहेका डङ्गोलको गएराति सिनामङ्गलस्थित केएमसी अस्पतालमा निधन भएको उनको परिवार स्रोतले जनाएको छ।
वि.सं. २००४ सालमा काठमाडौँमा जन्मनुभएका ७७ वर्षीय उहाँ कांग्रेस काठमाडौँको कोषाध्यक्ष र जिल्ला सभापति तथा काठमाडौँ महानगरपालिकाको पूर्वउपप्रमुख समेत थिए।
नेपाली राजनीतिमा जुझारू नेताका परिचय बनाएका डङ्गोल वि.सं २०६२/६३ को जनआन्दोलनमा काठमाडौँमा कमाण्डरका रूपमा खटिएका थिए।
उनको नाममा स्थापित ट्रष्टले हरेक वर्ष शिक्षा, पत्रकारिता, नेपाल भाषामा योगदान पुर्याउने व्यक्तित्वलाई पुरस्कार प्रदान गर्दै आएको छ। उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ देखि दिउँसो १ बजेसम्म राखिने र त्यसपछि आजै टेकू दोभानमा अन्त्येष्टि गरिने पूर्वमन्त्री भिमसेन दास प्रधानले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ बैशाख २०८२, ०८ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा बानियाँ निर्वाचित
कांग्रेस बाग्मती प्रदेश संसदीय दलको नेतामा लामा र बानियाँबीच प्रतिस्पर्धा हुने
बागमती कांग्रेस संसदीय दलको नेतामा लामाले गराए उम्मेदवारी दर्ता
प्रदेश संसदीय दलको नेताका लागि बानियाँको मनोनयन
बागमती कांग्रेसमा किचलो : दल नेता छान्न आज चुनाव, लामा पक्षले सार्ने उम्मेदवार को ?
कांग्रेस बागमतीको संसदीय दलको नेता चयनका लागि आज मतदान