काठमाडौँ। नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले केपी ओली सरकार बिचौलिया र स्वार्थ समूहले बनाएको भन्ने काँग्रेस महामन्त्री गगन थापाको अभिव्यक्तिले थप पुष्टि भएको बताएका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारले स्वार्थ समूह केन्द्रित काम र प्रतिपक्षसँग प्रतिशोध साँध्नेबाहेक केही काम नगरेको आरोप लगाएका हुन् । पूर्वअर्थमन्त्री समेत रहेका पुनले भने, ‘हामीले भन्दै आएको कुरालाई प्रतिपक्षले लगाएको आरोप भन्दै आइरहेका थिए । तर, सरकारको एकपछि अर्को व्यवहारले बिचौलियाले बनाइदिएको भन्ने पुष्टि हुँदैछ । यो सरकार बनेदेखि स्वार्थ समूहको काम र प्रतिपक्षसँग प्रतिशोध साँध्नेबाहेक केही काम गरेको छैन । आज हामीले मात्रै होइन, सत्तारुढ दलका शक्तिशाली महामन्त्री र सरकार सञ्चालन संयन्त्रका सदस्यसमेत रहेका सदस्यले बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छ भन्नुभयो, ढिलै भएपनि सत्य बोल्नुभएको धन्यवाद छ ।’
उनले अहिले गभर्नर नियुक्तिमा पनि बिचौलिया समूह हाबी हुने खोजिरहेको आरोप लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ बैशाख २०८२, १५ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बिचौलियाले प्रधानमन्त्री फेर्न थाले: वर्षमान पुन
संघीयताको आवधिक समीक्षा गर्ने बेला भयो : वर्षमान पुन
खेलाडीहरुले अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचान उच्च बनाएका छन्ः वर्षमान पुन
नीतिगत निरन्तरताले लोडसेडिङ हट्यो : वर्षमान पुन
सरकारले संसद छलेर करका दर हेरफेर गरेर आर्थिक अपराध गर्योः सांसद पुन
विपक्षी दललाई तर्साउने र दबाउने प्रयास भयो : वर्षमान पुन