काठमाडौँ। नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले केपी ओली सरकार बिचौलिया र स्वार्थ समूहले बनाएको भन्ने काँग्रेस महामन्त्री गगन थापाको अभिव्यक्तिले थप पुष्टि भएको बताएका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारले स्वार्थ समूह केन्द्रित काम र प्रतिपक्षसँग प्रतिशोध साँध्नेबाहेक केही काम नगरेको आरोप लगाएका हुन् । पूर्वअर्थमन्त्री समेत रहेका पुनले भने, ‘हामीले भन्दै आएको कुरालाई प्रतिपक्षले लगाएको आरोप भन्दै आइरहेका थिए । तर, सरकारको एकपछि अर्को व्यवहारले बिचौलियाले बनाइदिएको भन्ने पुष्टि हुँदैछ । यो सरकार बनेदेखि स्वार्थ समूहको काम र प्रतिपक्षसँग प्रतिशोध साँध्नेबाहेक केही काम गरेको छैन । आज हामीले मात्रै होइन, सत्तारुढ दलका शक्तिशाली महामन्त्री र सरकार सञ्चालन संयन्त्रका सदस्यसमेत रहेका सदस्यले बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छ भन्नुभयो, ढिलै भएपनि सत्य बोल्नुभएको धन्यवाद छ ।’
उनले अहिले गभर्नर नियुक्तिमा पनि बिचौलिया समूह हाबी हुने खोजिरहेको आरोप लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ बैशाख २०८२, १५ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रोल्पा घटनामा संलग्नमाथि कडा कारवाही गर्न सांसद वर्षमान पुनको आग्रह
पुराना दलप्रति जनआक्रोशको कारणबारे समीक्षा आवश्यक: वर्षमान पुन
सम्पत्ति शुद्धीकरण गर्न पाइँदैन, नियन्त्रण गर्ने विभाग छ : वर्षमान पुन
सरकारले आफ्नो वाचा विपरित ऋण लिँदैछ, जवाफ दिनुपर्छः नेकपा नेता पुन
नेपाली कम्युनिस्ट पार्टीका वर्षमान पुनले संसदलाई सम्बोधन गर्ने
‘नेकपा धुलो टक्टकाएर फेरि उठ्छ’ : वर्षमान पुन