काठमाडौँ । वैशाख २८ गते प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिने भएका छन् ।
प्रतिनिधि सभाको पाक्षिक क्यालेन्डर अनुसार यही १९ वैशाखमा संसद्मा आगामी आर्थिक वर्षको लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ । सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्नेछन् ।
नीति तथा कार्यक्रममाथि संसदमा ५ दिन (२२, २३, २४, २५, २६ गते) छलफल हुनेछ । २८ वैशाखमा प्रधानमन्त्रीले जवाफ दिने गरी कार्यक्रम प्रस्तावित छ । २८ वैशाखमा नै संसद्मा आगामी आर्थिक वर्षको विनियोजन विधेयकमाथिको सिद्धान्त र प्राथमिकताको सम्बन्धमा छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुनेछ । यसलाई प्रीबजेट छलफलको रूपमा लिइन्छ । ३१ वैशाखसम्म प्रीबजेट छलफल जारी रहनेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ बैशाख २०८२, १५ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभा बैठक बस्दै: चार मन्त्रीले विभिन्न विधेयक र प्रस्ताव पेस गर्ने
प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
यस्तो छ प्रतिनिधि सभाको शुक्रबारको बैठकका लागि सम्भावित कार्यसूची
प्रतिनिधि सभाबाट चार अध्यादेश स्वीकृत
मन्त्रीहरूको उपस्थितिपछि प्रतिनिधि सभाको अवरुद्ध बैठक पुनः सञ्चालन
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल