काठमाडौँ । वैशाख २८ गते प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिने भएका छन् ।
प्रतिनिधि सभाको पाक्षिक क्यालेन्डर अनुसार यही १९ वैशाखमा संसद्मा आगामी आर्थिक वर्षको लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ । सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्नेछन् ।
नीति तथा कार्यक्रममाथि संसदमा ५ दिन (२२, २३, २४, २५, २६ गते) छलफल हुनेछ । २८ वैशाखमा प्रधानमन्त्रीले जवाफ दिने गरी कार्यक्रम प्रस्तावित छ । २८ वैशाखमा नै संसद्मा आगामी आर्थिक वर्षको विनियोजन विधेयकमाथिको सिद्धान्त र प्राथमिकताको सम्बन्धमा छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुनेछ । यसलाई प्रीबजेट छलफलको रूपमा लिइन्छ । ३१ वैशाखसम्म प्रीबजेट छलफल जारी रहनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ बैशाख २०८२, १५ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र छपाइ कार्य सुरु
प्रतिनिधि सभा पुन:स्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने
प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै काँग्रेसले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ सकियो
प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च पुग्यो एमाले
प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता आह्वान
प्रतिनिधि सभा विघटनविरुद्धका रिटमा आजदेखि सुनुवाइ