काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चर्चामा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको भनिएको भ्रष्टाचारको विषय छानबिन गर्न माग गर्दै मागपत्र बुझाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेशका महामन्त्री नवीन त्रिपाठीसहितको टोलीले पर्यटन मन्त्री बद्री पाण्डे, नागरिक उड्डयन कार्यालय पोखरा र सार्वजनिक लेखा समितिसमक्ष यस्तो माग गरेको हो ।
रास्वपाले उक्त विषयमा छानबिन गर्न र शङ्काको घेरामा रहेका प्राधिकरणका पदाधिकारीसहित राजनीतिज्ञहरूलाई समेत आवश्यक अनुसन्धान तथा कारबाही गर्नुपर्ने आफ्नो मागपत्रमा उल्लेख गरेको छ । यसअघि संसद्को सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले पोखरा विमानस्थलमा १० अर्ब बढी भ्रष्टाचार भएको प्रतिवेदन तयार पारेको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ बैशाख २०८२, १४ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दोलखामा राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेल निर्वाचित
यस्तो छ राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबिचको ५ बुँदे सहमति
राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको निर्णय सार्वजनिक
रास्वपा नेता पाँडेको बयान न्यायाधीश कार्कीको इजलासमा सुरु
संसद्मा आज पनि रास्वपाको अवरोध
संसद्को अवरोधबारे छलफलमा रास्वपा