काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चर्चामा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको भनिएको भ्रष्टाचारको विषय छानबिन गर्न माग गर्दै मागपत्र बुझाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेशका महामन्त्री नवीन त्रिपाठीसहितको टोलीले पर्यटन मन्त्री बद्री पाण्डे, नागरिक उड्डयन कार्यालय पोखरा र सार्वजनिक लेखा समितिसमक्ष यस्तो माग गरेको हो ।
रास्वपाले उक्त विषयमा छानबिन गर्न र शङ्काको घेरामा रहेका प्राधिकरणका पदाधिकारीसहित राजनीतिज्ञहरूलाई समेत आवश्यक अनुसन्धान तथा कारबाही गर्नुपर्ने आफ्नो मागपत्रमा उल्लेख गरेको छ । यसअघि संसद्को सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले पोखरा विमानस्थलमा १० अर्ब बढी भ्रष्टाचार भएको प्रतिवेदन तयार पारेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ बैशाख २०८२, १४ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबिचको ५ बुँदे सहमति
राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको निर्णय सार्वजनिक
रास्वपा नेता पाँडेको बयान न्यायाधीश कार्कीको इजलासमा सुरु
संसद्मा आज पनि रास्वपाको अवरोध
संसद्को अवरोधबारे छलफलमा रास्वपा
सत्तापक्षका सांसद बोल्न थालेपछि संसद्बाट बाहिरियो रास्वपा