काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज तीन संसदीय समितिको बैठक बस्दै छ । कानुन, न्याय तथा मानव अधिकार समिति, राज्य व्यवस्था तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।
बिहान ११ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा समितिको मस्यौदा वार्षिक प्रतिवेदन, २०८१–०८२ माथि छलफल गर्ने कार्यसूची छ ।
सोही समयमा सुरु हुने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० का सम्बन्धमा गठित उपसमितिको प्रतिवेदनमा छलफल हुनेछ ।
दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा संविधानअनुसार बन्न बाँकी कानुनहरूको सम्बन्धमा कानुन मन्त्रालयसँग छलफल हुने कार्यसूचीमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ बैशाख २०८२, ०७ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कृषिसहित पाँचवटा संसदीय समितिका बैठक बस्दै
आज पाँच वटा संसदीय समितिको बैठक बस्दै
तीनवटा संसदीय समितिको बैठक बस्दै, के छ कार्यसूची ?
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
चारवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची