सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–११ हिरापुरबाट करिब २ सय ४४ किलोग्राम अवैध लागूऔषध गाँजासहित सोही नगरपालिका–१ नवलपुर बस्ने २५ वर्षीय सुशिल चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
गएराति इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले मरिनबाट लालबन्दीतर्फ आउँदै गरेको बा।२० च १७८२ नम्बरको बोलेरो गाडीलाई जाँच गर्ने क्रममा धानको भुस्साको बोरा मुनी लुकाई छिपाई ल्याएको उक्त परिमाणको गाँजा फेला पारी चालक चौधरीलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ बैशाख २०८२, १२ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रहरीमाथि चक्कु प्रहार गर्ने गिरोहका ४ जना पक्राउ
१० लाख बढी हुन्डीको रकमसहित ३ जना पक्राउ
पर्यटकलाई दुःख दिने १२ जना पक्राउ
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ