सुर्खेत । हुम्लाको अदानचुली गाउँपालिकाको केन्द्र श्रीनगर बजारका वर्षासहितको बाढीले क्षति पुर्याएको छ । हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयका अनुसार बिहीबार बिहान बाढीले पसल र घरहरुमा क्षति पुर्याएको हाे । यद्यपि विवरणहरु अझै आउन बाँकी रहेको उनले बताए ।
खाद्य व्यवस्थापन कार्यालयमा पनि क्षति पुगेको उनको भनाइ छ । स्थानीयका अनुसार १० भन्दा बढी घर तथा पसलमा क्षति पुगेको छ । अदानचुली गाउँपालिका–३ का आइते बुढाको बाख्राको गोठ भत्किदा २६ बाख्रा मरेका छन् ।
अदानचुली गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहले क्षति ठुलो मात्रामा भएको र अहिले प्रहरीले विवरण संकलन गर्ने काम गरिरहेको बताए । बाढीले अमृत बुढाको पसल बगाएको छ भने आसपासका ११ पसलमा क्षति पुर्याएको हुम्लाका पत्रकार कालिबहादुर थापाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ बैशाख २०८२, ११ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचनमा हुम्लामा हिउँ पन्छाएर सडक सञ्चालनको प्रयास
हुम्ला जिप दुर्घटनाका घाइतेलाई हेलिकप्टरबाट लगियो सुर्खेत
बेलिब्रिज उद्घाटन गर्न प्रधानमन्त्री हुम्ला जाँदै
हुम्लाका तीन स्थानीय तहका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध
आगलागी भएको हुम्ला उनापानीमा एक करोडभन्दा बढी क्षति
हुम्लाको नाम्खामा पुग्यो राहत सामग्री