बुटवल । पौडी खेल्न नारायणी नदीमा गएका पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाका एकै घरका दुई बालक बेपत्ता भएका छन् ।
मंगलबार दिउँसो पौडी खेल्न गएका ५ जनामध्ये मध्यविन्दु १२ तमासपुरका धनन्जय पौडेलका छोरा १६ वर्षीय विजय र हरि पौडेलका छोरा १२ वर्षीय पवन बेपत्ता भएका मध्यविन्दु नगरपालिका वडा नं १२ का वडाध्यक्ष कान्ताप्रसाद कुमालले जानकारी दिए ।
वेपत्ता भएका बालकहरु एउटै परिवारका दुई भाइका छोरा हुन् । विजयले हालै मात्र एसईई परीक्षा दिएका थिए ।
घरबाट दुई किलोमिटर टाढा मध्यविन्दु नगरपालिकाको वडा नम्बर १५ को सीमा क्षेत्रमा पर्ने अरुणखोला र नारायणी नदीको संगमस्थल सशलाघाटमा उनीहरु पौडी खेल्न गएका थिए । उनीहरु बेपत्ता भएको जानकारी साँझ साढे ६ बजेतिर पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ बैशाख २०८२, १० : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फेब्रुअरीदेखि बेपत्ता ठकुरीको शव न्युयोर्कमा फेला
पोर्चुगलमा एक नेपाली युवा बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
मकवानपुरमा खोलाले बगाउँदा एक जना बेपत्ता
नदीमा डुबेर किशाेर बेपत्ता
मादी नदीले बगाएर एक जना बेपत्ता