काठमाडौँ । प्रहरीले कपिलवस्तुबाट भरुवा बन्दुक सहित एकजनालाई पक्राउ गरेको छ ।
वाणगंगा नगरपालिका–१ घर भएका गंगाराम थारुलाई भरुवा बन्दुक सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी मोहनमणि अधिकारीले बताए ।
उनको घर खानतलासी गरेर प्रहरीले लाइसेन्स नभएको भरुवा बन्दुक बरामद गरेको छ । ५८ वर्षीय गंगाराम थारुमाथी अदालतबाट म्याद लिएर अनुसन्धान गरिने डीएसपी अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २९ चैत्र २०८१, १० : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वीरगञ्जबाट दुर्गा प्रसाईँ पक्राउ
केन्द्रीय कारागारबाट भागेकी तामाङ असनबाट पक्राउ
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति प्रकाश पाण्डे पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गरेको अभियोगमा छ जना पक्राउ
अपहरणपछि युवकमाथि अमानवीय यातना, नग्न बनाएर भिडियो बनाएको आरोपमा श्रम मन्त्रीका चालक पक्राउ
साढे एक किलो चाँदीसहित भक्तपुरबाट एक जना पक्राउ