बुटवल । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बुटवल आउँदै छन् । नेकपा एमालेले आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली बुटवल आउने भएका हुन् ।
राजावादीहरूलाई खबरदारी गर्न भन्दै सत्तारुढ एमालेले बुटवलमा शक्ति प्रदर्शन गर्न लागेको जनाएको छ । देशभरका ६ स्थानमा गरिने जागरण सभा अन्तर्गत लुम्बिनी प्रदेशस्तरीय यो सभाका लागि बुटवललाई छानिएको एमाले रुपन्देही अध्यक्ष यज्ञ गैरेले बताए ।
रामनगरस्थित बुटवल मण्डपमा हुने सभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली, अर्थ मन्त्री विष्णु पौडेल लगायतका एमालेका शीर्ष नेताहरू आउँदै छन् ।
बुटवल सभा पूर्व युवा सङ्घले रुपन्देहीमा मोटरसाईल र्याली निकाल्ने तयारी गरेको छ । रुपन्देही, कपिलवस्तु, नवलपरासी, पाल्पा लगायतका जिल्लाबाट एमालेका कार्यकर्ता जागरण सभा सहभागी हुन आउँदै छन्। प्रधानमन्त्रीको सचिवालयले दिउँसो १ बजे ओली बुटवल आउने जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ चैत्र २०८१, ०९ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले अध्यक्ष ओलीमा अझै पलाउन नसकेको चेत !
‘राष्ट्रघाती अभिव्यक्तिको लागि प्रधानमन्त्रीले देशसँग माफी माग्नैपर्छ : एमाले
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग