बुटवल । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बुटवल आउँदै छन् । नेकपा एमालेले आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली बुटवल आउने भएका हुन् ।
राजावादीहरूलाई खबरदारी गर्न भन्दै सत्तारुढ एमालेले बुटवलमा शक्ति प्रदर्शन गर्न लागेको जनाएको छ । देशभरका ६ स्थानमा गरिने जागरण सभा अन्तर्गत लुम्बिनी प्रदेशस्तरीय यो सभाका लागि बुटवललाई छानिएको एमाले रुपन्देही अध्यक्ष यज्ञ गैरेले बताए ।
रामनगरस्थित बुटवल मण्डपमा हुने सभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली, अर्थ मन्त्री विष्णु पौडेल लगायतका एमालेका शीर्ष नेताहरू आउँदै छन् ।
बुटवल सभा पूर्व युवा सङ्घले रुपन्देहीमा मोटरसाईल र्याली निकाल्ने तयारी गरेको छ । रुपन्देही, कपिलवस्तु, नवलपरासी, पाल्पा लगायतका जिल्लाबाट एमालेका कार्यकर्ता जागरण सभा सहभागी हुन आउँदै छन्। प्रधानमन्त्रीको सचिवालयले दिउँसो १ बजे ओली बुटवल आउने जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ चैत्र २०८१, ०९ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेको मतदान सकियो, २ हजार २२७ मत मात्र खस्यो, खसेन ३६ भोट
एमाले महाधिवेशन : मतदान अन्तिम चरणमा, करिब १ सय मत बाकी
एमालेको कान्छो केन्द्रीय सदस्य बने रौनित साह
मतदान सकिएको दुई घण्टाभित्र नतिजा आउने
एमालेको प्रचार सामग्रीले कुरूप बन्यो भृकुटीमण्डप क्षेत्र
एमाले महाधिवेशन : प्राविधिक भन्छन् : समस्या सुल्झियो, मतदानका लागि तयार छौं