एजेन्सी । अमेरिकाको हडसन नदीमा भएको हेलिकोप्टर दुर्घटनामा परी तीन बालबालिका सहित ६ जनाको मृत्यु भएको छ।
न्यूयोर्कका मेयर एरिक एडम्सले दिएको जानकारी अनुसार हेलिकोप्टरमा यात्रा गर्नेमा अमेरिकी पाइलट सहित ५ स्पेनी नागरिक थिए।
न्युयोर्क प्रहरीले परिवारले पुष्टि नगरेसम्म मृतकको पहिचान नदिने बताएको छ। हेलिकोप्टर दुर्घटनाको कारण खोजी हुँदै छ। आकाशबाट हेलिकोप्टर हडसन नदीमा खसिरहेको दृश्य सार्वजनिक भएको छ। जर्ज वासिङ्टन पुलतर्फ हेलिकोप्टर अगाडि बढिरहेको समयमा दुर्घटना भएको हो।
त्यसको लगत्तै बचाउन प्रयास गरिए पनि त्यो प्रयास सफल भएको थिएन। चार जना घटना स्थलमा तथा दुई जना नजिकै अस्पताल लगिए पछि मृत घोषित भएका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ चैत्र २०८१, ०७ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालक सहित २ युवकको मृत्यु
शंखरापुर बस दुर्घटना अपडेटः चार जनाको मृत्यु, २२ घाइते
भीमफेदी दुर्घटना अपडेट : मृतक ६ मध्ये चार जनाको सनाखत
मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु, दुईजना घाइते
चितवनमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
मोटरसाइकल दुर्घटना स्थलमा युवकको शव फेला