काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कांग्रेस नेताहरुसँग केही दिनयता बाक्लो भेटघाट र छलफल गरिरहेका छन् । कांग्रेसमा विशेष महाधिवेशन र चुनावपछि नियमित महाधिवेशनका विषयमा नेताहरु धुव्रिकृत भईरहेका बेला राष्ट्रपति पौडेलले सक्रियता बढाएका हुन् ।
उनले शनिबार कांग्रेस सभापति शेरवहादुर देउवा, शुक्रबार महामन्त्री गगन थापा, नेताहरु रमेश लेखक र यही सातामात्रै डा शसांक कोइराला, शेखर कोइरला , मिनेन्द्र रिजाल, गुरुराज घिमिरे, अमरसिंह पुन लगायत नेताहरुलाई शितल निवास बोलाएर भेटघाट गरेका थिए ।
कांग्रेसभित्रको विवाद दुई नेताले चाहेमा मिल्नसक्ने उनको सुझाव रहेको भेटमा सहभागी एक नेताले सफलखबरलाई बताए । ‘राष्ट्रपति ज्यूले कांग्रेसभित्रको आन्तरिक राजनीतिका बारेमा गम्भिर चासो राखिरहनुभएको छ,’ राष्ट्रपति पौडेलसँग भेट गर्न पुगेका कांग्रेसका एक नेताले पौडेलको सझाव भन्दै भने, ‘विवाद समाधानमा सस्थापनका रमेश लेखक र इतर समुहका महामन्त्री गगन थापा दुई जनाले चाहने हो भने मध्यमार्गी विकल्प निकालेर कांग्रेसलाई विभाजनबाट रोक्न सक्नुहुनेछ । दुई नेतालाई अलिक प्रेसर दिनुपरयो, कांग्रेसको विवाद हल खोज्नुपरयो ।’
पौडेलले लेखक र थापालाई सँगै राखेर पनि विवादको हल खोज्न आग्रह गरेका थिए । सो भेटमा लेखकले विशेष महाधिवेशनका रुपमा काठमाडौंमा आएका महाधिवेशन प्रतिनिधि र सम्पूर्ण ब्यवस्थापनको पाटोलाई पनि हेरेर चुनावी परिचालनको रुपमा रुपान्तरण गर्ने पहिलो विकल्प र दोस्रो विकल्पका रुपमा विशेष महाधिवेशनलाई नीति तथा संकल्प सम्मेलन बनाएर जान प्रस्ताव गरेका थिए । तर महामन्त्री थापा र विशेष महाधिवेशन पक्षधरले नमानेको बताइएको छ ।
सकभर देउवाको प्राधिकार अन्त्यको घोषणा गर्ने र नेतृत्व भने नयाँ तल्काल नचुनि जाने विकल्पमा पनि छलफल भईरहेको छ । तर प्रतिनिधिको बहुमत पुग्यो र नेतृत्व परिवर्तनको कुरा बन्दशत्रमा आएमा नेतृत्व पनि परिवर्तन गर्ने तर, बहुमत नपुगे सकल्प सम्मेलनका रुपमा सम्पन्न गर्ने विषयमा पनि छलफल भईरहेको बताइएको छ ।
यही विवादका बीच राष्ट्रपति पौडेलले कांग्रेसका नेताहरुसँगको छलफल तीव्र बनाएका हुन् । सभापति देउवालाई पौडेलले कतिपय विषयमा विवाद हल गर्न सभापति आफैं अग्रसर हुनुपर्ने बताएका छन् ।
विशेष महाधिवेशन पक्षधरले त्यक्तिको संख्यामा हस्ताक्षर गरेर बुझाईसकेपछि पुरै हुदै हुन्न भन्ने ढंगबाट पनि सस्थापन पक्ष जान नहुने र त्यसको निकास खोज्नुपर्नेमा देउवासँग पौडेलले छलफल गरेको स्रोत बताउँछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ पुस २०८२, ०९ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राज्य एकीकरणमा पूर्वजको महत्त्वपूर्ण योगदान : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलसँग अमेरिकाका राजदूत थम्पसनको बिदाई भेट
राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ताको कार्यालयको वार्षिक प्रतिवेदन पेस
ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव हाम्रा प्रेरणाका पुञ्ज हुन्: राष्ट्रपति पौडेल
‘क्रिसमस डे’ले राष्ट्रिय एकतालाई थप मजबुत बनाउने राष्ट्रपतिकाे विश्वास
राष्ट्रपतिसँग चीनका राजदूत छन् सङले गरे बिदाइ भेट