काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कांग्रेस नेताहरुसँग केही दिनयता बाक्लो भेटघाट र छलफल गरिरहेका छन् । कांग्रेसमा विशेष महाधिवेशन र चुनावपछि नियमित महाधिवेशनका विषयमा नेताहरु धुव्रिकृत भईरहेका बेला राष्ट्रपति पौडेलले सक्रियता बढाएका हुन् ।
उनले शनिबार कांग्रेस सभापति शेरवहादुर देउवा, शुक्रबार महामन्त्री गगन थापा, नेताहरु रमेश लेखक र यही सातामात्रै डा शसांक कोइराला, शेखर कोइरला , मिनेन्द्र रिजाल, गुरुराज घिमिरे, अमरसिंह पुन लगायत नेताहरुलाई शितल निवास बोलाएर भेटघाट गरेका थिए ।
कांग्रेसभित्रको विवाद दुई नेताले चाहेमा मिल्नसक्ने उनको सुझाव रहेको भेटमा सहभागी एक नेताले सफलखबरलाई बताए । ‘राष्ट्रपति ज्यूले कांग्रेसभित्रको आन्तरिक राजनीतिका बारेमा गम्भिर चासो राखिरहनुभएको छ,’ राष्ट्रपति पौडेलसँग भेट गर्न पुगेका कांग्रेसका एक नेताले पौडेलको सझाव भन्दै भने, ‘विवाद समाधानमा सस्थापनका रमेश लेखक र इतर समुहका महामन्त्री गगन थापा दुई जनाले चाहने हो भने मध्यमार्गी विकल्प निकालेर कांग्रेसलाई विभाजनबाट रोक्न सक्नुहुनेछ । दुई नेतालाई अलिक प्रेसर दिनुपरयो, कांग्रेसको विवाद हल खोज्नुपरयो ।’
पौडेलले लेखक र थापालाई सँगै राखेर पनि विवादको हल खोज्न आग्रह गरेका थिए । सो भेटमा लेखकले विशेष महाधिवेशनका रुपमा काठमाडौंमा आएका महाधिवेशन प्रतिनिधि र सम्पूर्ण ब्यवस्थापनको पाटोलाई पनि हेरेर चुनावी परिचालनको रुपमा रुपान्तरण गर्ने पहिलो विकल्प र दोस्रो विकल्पका रुपमा विशेष महाधिवेशनलाई नीति तथा संकल्प सम्मेलन बनाएर जान प्रस्ताव गरेका थिए । तर महामन्त्री थापा र विशेष महाधिवेशन पक्षधरले नमानेको बताइएको छ ।
सकभर देउवाको प्राधिकार अन्त्यको घोषणा गर्ने र नेतृत्व भने नयाँ तल्काल नचुनि जाने विकल्पमा पनि छलफल भईरहेको छ । तर प्रतिनिधिको बहुमत पुग्यो र नेतृत्व परिवर्तनको कुरा बन्दशत्रमा आएमा नेतृत्व पनि परिवर्तन गर्ने तर, बहुमत नपुगे सकल्प सम्मेलनका रुपमा सम्पन्न गर्ने विषयमा पनि छलफल भईरहेको बताइएको छ ।
यही विवादका बीच राष्ट्रपति पौडेलले कांग्रेसका नेताहरुसँगको छलफल तीव्र बनाएका हुन् । सभापति देउवालाई पौडेलले कतिपय विषयमा विवाद हल गर्न सभापति आफैं अग्रसर हुनुपर्ने बताएका छन् ।
विशेष महाधिवेशन पक्षधरले त्यक्तिको संख्यामा हस्ताक्षर गरेर बुझाईसकेपछि पुरै हुदै हुन्न भन्ने ढंगबाट पनि सस्थापन पक्ष जान नहुने र त्यसको निकास खोज्नुपर्नेमा देउवासँग पौडेलले छलफल गरेको स्रोत बताउँछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ पुस २०८२, ०९ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संघीय लोकतान्त्रिक गणतन्त्रको आदर्शलाई शिरोधार्य गरौँ, मुलुकको स्वार्थभन्दा माथि केही छैन : राष्ट्रपति
राष्ट्रपति पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने
राष्ट्रपतिले चैत २७ गते दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्ने
राष्ट्रपति पौडेलले गरे बालेन्द्र शाहलाई प्रधानमन्त्रीमा नियुक्त
जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान
सांस्कृतिक विविधताबीचको एकताले राष्ट्रियतालाई सुदृढ बनाउँछ : राष्ट्रपति पौडेल