मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु, दुईजना घाइते

सफल खबर संवाददाता

आइतबार, १३ पुस २०८२, ०८ : ५१
मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु, दुईजना घाइते

संखुवासभा । कोसी राजमार्गअन्तर्गत संखुवासभाको खाँदबारी–तुम्लिङटार सडकखण्डमा दुई मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। 

खाँदबारी–तुम्लिङटार सडकमा शनिबार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किएका हुन्। 

दुर्घटनामा खाँदबारी नगरपालिका–९ तुम्लिङटारका ४५ वर्षीय धनबहादुर सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिए। 

खाँदबारी–तुम्लिङटार सडकमा सभाखोलाबाट तुम्लिङटार आइरहेको को१८प ७१७६ नम्बरको मोटरसाइकल र तुम्लिङटारबाट सभाखोलातर्फ गइरहेको प्रदेश१–०२–०४३प २२७७  नम्बरको मोटरसाइकल आपसमा ठोकिएका हुन्। 

दुर्घटनामा गम्भीर घाइते को१८प ७१७६ नम्बर मोटरसाइकलमा पछाडि सवार धनबहादुर सुनारको उपचारका क्रममा मनकामना सामुदायिक असस्पतालमा मृत्यु भएको हो। 

दुर्घटनामा खाँदबारी–९ का मोटरसाइकल चालकद्वय ४८ वर्षीय चक्रबहादुर सुनार र धनकुटाको छथर जोरपाटी गाउँपालिका–३ का ५५ वर्षीय यज्ञबहादुर श्रेष्ठ घाइते भएका प्रहरीले जनाएको छ।