डडेल्धुरा । डडेल्धुरामा ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवकको मृत्यु भएको छ।
परशुराम नगरपालिका–९ स्थित कुयापानीमा शनिबार साँझ दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक परशुराम–१२ का २७ वर्षीय नवीन साउद र मोटरसाइकलको पछाडि सवार सोही ठाउँका ३५ वर्षीय मान जाग्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख बरुणबहादुर सिंहले जानकारी दिए। दुर्घटनामा परी दुवै गम्भीर घाइते भएका थिए।
उनीहरुलाई उपचारका लागि जोगबुढा अस्पताल लगिएको थियो। अस्पताल पुर्याउँनासाथ डाक्टरले दुवैलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ।
जोगबुढा–दैजी सडकखण्डअन्तर्गत जोगबुढाबाट गाइैबाँधेतर्फ जाँदै गरेको से.२त १४७४ नम्बरको ट्र्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको म १ प ९९७३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन्।
दुर्घटनापछि परशुराम नगरपालिका नै घर भएका ३२ वर्षीय ट्र्याक्टर चालक सुरेश भट्ट फरार भएका छन्।।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ पुस २०८२, ०७ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते