काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले समानुपातिक उम्मेदवारको बन्दसूचीबाट पञ्चा सिंहको नाम हटाएको छ ।
समानुपातिकतर्फको बन्द सूचीमा परिमार्जन गर्दै नेकपाले ‘खस आर्य महिला’ समूहको क्रमसंख्या ४ मा रहेकी सिंहको नाम हटाएको हो ।
पौष १४ गते निर्वाचन आयोगमा पेस गरिएको बन्द सूचीमा समावेश सिंहको नाम पार्टीको आन्तरिक जनशक्ति व्यवस्थापन र एकता प्रक्रियामा सहभागी अन्य राजनीतिक घटकको व्यवस्थापन गर्नुपर्ने विशेष परिस्थितिका कारण पौष १८ गते बैठकको निर्णय अनुसार हटाइएको हो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ पुस २०८२, १२ : २७
लेखकबाट थप