काठमाडौं । आइतबार हेटौंडा-भीमफेदी-कुलेखानी सडक खण्डको भीमफेदी दुर्घटनामा ज्यान गुमाएका ६ जनामध्ये चार जनाको पहिचान खुलेको छ।
भीमफेदी गाउँपालिका-६ जुरीखेतमा आइतबार साँझ काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको ना १ ज १७७८ नम्बरको सुमो दुर्घटना भएको हो।
मकवानपुर प्रहरीका अनुसार हेटौंडा उपमहानगरपालिका-४ का ४० वर्षीया सविता लम्साल, हेटौंडा-२ का २९ वर्षीय निखिल अग्रवाल, भारत विहार पटनाका ४२ वर्षीय रजनीश कुमार र ४९ वर्षीय अरविन्द कुमारको पहिचान खुलेको हो।
मृतक दुई पुरुषको अझैसम्म पहिचान खुलेको छैन। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुस्कर बोगटीका अनुसार उनीहरुको शव हेटौंडा अस्पतालमा राखिएको छ।
दुर्घटनामा परेर थप तीन जना घाइते भएका छन्। सुमो चालक हेटौंडा-४ का गणेश थापा, मृतक सविताका १२ वर्षीय छोरा अभ्यास लम्साल र रौतहट चन्द्रपुर-२ की रिचा चौधरी घाइते भएका हुन्।
घाइतेमध्ये चालक थापा र बालक लम्सारको भरतपुरमा उपचार भइरहेको छ भने रिचाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ पुस २०८२, १० : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णाली नदीमा यात्रुवाहक माइक्रो गाडी खस्यो, उद्धार कार्य जारी
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु