एजेन्सी । इजरायली सेनाले २३ मार्चका दिन दक्षिणी गाजामा १५ आपत्कालीन कार्यकर्ताको ज्यान जानुमा आफूहरूको गल्ती भएको स्वीकार गरेको छ।
रफाहा नजिकै प्यालेस्टाइनी रेडक्रस सोसाइटीको एम्बुलेन्समा आक्रमण भएको थियो। सोही एम्बुलेन्समा आपत्कालका लागि खटिएका स्वास्थ्यकर्मी समेत थिए।
इजरायली सेनाले सो गाडीले अँध्यारो समयमा फ्ल्यास लाइट र हेडलाइट नबालेका कारण आक्रमण गरेको जनाएको छ।
मारिएकाको मोबाइलबाट भने बत्ती बालिएको थाहा हुन आएको समेत जनाइएको छ। कुनै चेतावनी बिना सडकमा गुडीरहेको सो सवारी सधानलाई आक्रमण गरिएको भिडियो न्युयोर्क टाइम्सले सार्वजनिक गरेको छ।
यसअघि शनिबार इजरायली डिफेन्स फोर्सले पत्रकार सम्मेलनको आयोजना गर्दै इजरायलले तीन जना हमासका लडाकु रहेको सवारी साधनलाई लक्षित गर्दै आक्रमण गरेको जनाएको थियो।
सवारी साधनले सेनाले जानकारी गराउनुका बाबजुद आक्रमण गरेको तथा त्यसलाई सेनाले नै खाल्डो खनेर गाडेको थियो। अन्तर्राष्ट्रिय निकायले चासो नदिएसम्म त्यो घटना गुपचुप नै राख्ने प्रयास इजरायलले गरेको थियो।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २३ चैत्र २०८१, ०९ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिका-इजरायल-इरान द्वन्द्व अन्त्यको माग गर्दै काठमाडौँमा शान्ति प्रदर्शन
इरानका सुरक्षा प्रमुख अलि लारीजानी मारिएको इजरायलको दाबी
अवस्था सामान्य नहुँदासम्म इजरायल र इरानको यात्रा नगर्न नेपाल सरकारको आह्वान
इजरायलमा वार्षिक मूल्यवृद्धि दरमा उल्लेखनीय गिरावट
इजरायलले गर्यो गाजामा हमला, कम्तीमा ३२ जनाको मृत्यु
ओमान र इजरायलसँग श्रम सम्झौता गर्न मन्त्रिपरिषद्ले दियो स्वीकृति